अर्काकी श्रीमतीको गर्भ रोक्न झुक्काएर संगीनी सुई !
####good
injection-needleत्यसको केही दिनमै चन्द्रा र उनका पति हेमप्रसाद मिलेर मञ्जुलाई पसलमै काम गर्ने ३१ वर्षका टेकबहादुर रावतसँग विवाह गराईदिए । १५ असार ०६८ मा पढाउन भनेर ल्याइएकी उनको सोही वर्ष २६ असारमै बिहे गराइएको थियो ।
विवाह गरिदिएपछि पसलका सञ्चालकले गर्भवती भई पसलको काममा सहयोग नहुने भन्दै उनलाई बिरामी भएको बेलामा झुक्याएर तीन महिने संगिनी सुई लगाइदिए । ज्वरो आएका बेला स्थानीय कटकुवा हेल्थपोस्टमा लगेर गर्भनिरोधक तीनमहिने सुई लगाएको उनले बताइन् ।
जग्गा किनेर बसालिदिउँला, पसल गराइदिउँला भनी फकाएर विवाह गरिदिएको उनको भनाई छ । ‘मलाई थाहा नै भएन, ज्वरो आएको थियो । उपचार गर्ने बाहाना बनाएर मलाई संगिनी सुई लगाइदिएछन्,’ पीडित बालिकाले भनिन्, ‘मैले चार महिनापछि मात्रै थाहा पाएँ, त्यस्तो गरेको ।’ आफूलाई झुक्याएर अर्को पटक पनि संगिनी सुई लगाएको उनले बताइन् ।
आफूलाई चरम यातना दिएको भन्दै किशोरीले न्यायका लागि जिल्ला बालकल्याण समितिको कार्यालयमा निवेदन दिएको नयाँ पत्रिकामा खबर छ । आफूलाई तीव वर्षदेखि दूव्र्यवहार तथा श्रमशोषण गरेको भन्दै उजुरी दिएपछि यस्तो रहस्य खुलेको हो । उनले सुर्खेतका बाल कल्याणका लागि खुलेका संस्था तथा विभिन्न सहयोगी सामाजिक संस्थामा निवेदन दिएकी छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment