भ्वाङ बढेपछि अर्मलाबासी पूजापाठ गर्दै (फोटो फिचर)
####good
२२ मंसिर, काठमाडौं । पोखराको अर्मला गाविसको ठूलीबेसी फाँटमा जमिन भासिएर भ्वाङ पर्ने क्रम नरोकिएपछि स्थानीयबासी पूजापाठ गर्न थालेका छन् । भ्वाङ पर्न थालेपछि अवलोकन गर्न पुगेका सरकारी निकायका पदाधिकारीले समाधानको उचित विकल्प दिन नसकेपछि अर्मलाबासी धामीझाँक्री र पूजारीको भरमा पर्न थालेका हुन् ।

जमिन भासिने क्रम बढेपछि त्रसित अर्मला गाउँ एक महिनाअघिबाट केही स्थानमा भासिन थालेको जमिन अहिले दर्जनौ ठाउँमा पुगिसकेको छ । भ्वाङ पर्न नदिन डोजरको प्रयोग गरेर पानी कटाउने प्रयास भएपनि निरन्तर ठूला ठूला भ्वाङ परिनै रहेका छन् ।

ठूला ठूला ताल र गहिरा गल्छी भएको पोखरा उपत्यकाले बाक्लो बस्ती र अग्ला भौतिक संरचना थेग्न नसक्ने भन्दै खानी तथा भूर्गभ विभागले सतर्क हुन भनिसकेको थियो । स्थानीयबासीहरु देवता रिसाएको भन्दै पूजा र धामीझाँक्रीको भर परिरहँदा भू–गर्भविदहरुले भने जमीन भासिनुको कारण स्थानीयबासीले मापदण्डविपरित बनाएका एकतला भन्दा अग्ला घरलाई दोष दिएका छन् ।








####




,

0 comments

Write Down Your Comment