राहदानीको फारम अब अनलाइनमा
####good
सूचना विभागले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रका प्रवक्ता दीपक धितालले राहदानीको माग दिनहुँ बढ्दै गइरहेकाले वितरण कार्यलाई सर्वसुलभ बनाउन अनलाइनमार्फत फारम भर्ने र त्यसकै आधारमा वितरण गर्ने गृहकार्यमा जुटेको जानकारी दिनुभयो ।
‘यसै आर्थिक वर्षबाट अनलाइमार्फत राहदानी फारम भर्ने व्यवस्था लागू हुनेछ’ धितालले भन्नुभयो,’जिल्लाबाट विभिन्न संकलन केन्द्र हुँदै राजधानी विभागसम्म फारम आइपुग्ने र फेरि राहदानी विभिन्न संकलन केन्द्र हुँदै जिल्लासम्म पुग्न लाग्ने लामो समयलाई ध्यानमा राख्दै सर्वसुलभ तरिकाले कम समयमा वितरण गर्न विभागले यो व्यवस्था लागू गर्न लागेको हो ।’
यस वर्षको मंसिर महिनामा ६९ हजार ९ सय ९१ साधारण, ९९ विशेष, ४४ कूटनीतिक र सातवटा यात्रा अनुमतिपत्र गरी ७० हजार १ सय ४१ थान राहदानी तथा यात्रा अनुमतिपत्र जारी भएको जानकारी दिँदै प्रवक्ता धितालले सो अवधिमा राहदानी फारम वितरणबाट ३३ करोड ३० लाख नौ हजार छ सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभएको गोरखापत्र दैनिकमा खबर छ ।
राहदानी विभागका अनुसार यस वर्षको कात्तिक महिलनामा ५० हजार १ सय ३२ थान राहदानी वितरण भएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment