कर्तब्य ज्यान सम्बन्धी कुनैपनि मुद्दा फिर्ता नलिन सरकारलाई सर्वोच्चको परमादेश
####good
काठमाडौं, पौष ९ । सर्वोच्च अदालतले कर्तब्य ज्यान मुद्दामा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता नलिन सरकारको नाममा आज परमादेश आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र प्रकाश वस्तीको संयुक्त इजलाशले कर्तव्य ज्यान मुद्दामा संलग्न व्यक्तिहरुको मुद्दा फिर्ता लिने निर्णय नगर्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

जिल्ला अदालतमा विचाराधीन रहेका कर्तब्य ज्यान सम्बन्धी मुद्दाहरुलाई राजनीतिक प्रकृतिका भन्दै फिर्ता लिन दबाब पर्ने गरेकोमा सर्वोच्चले परमादेश जारी गरेको हो ।
####




0 comments

Write Down Your Comment