मदिराले मालामाल कोदो व्यापारी
####good
जिल्लाको ११ हजार ३ सय हेक्टर जमिनमा कोदोखेती हुन्छ । ६० प्रतिशत जनजातिको बसोबास रहेको जिल्लामा चाडपर्व र धार्मिक कार्यमा समेत कोदोबाट बनाइएको रक्सी प्रयोग हुन्छ । ब्राह्मण समुदायले कोदोलाई कुअन्नका रुपमा लिने हुँदा उनीहरुले उपभोग नगरी रक्सी उत्पादकलाई बेच्ने गरेका छन् ।
अहिले जिल्लामा १ पाथी कोदोको मूल्य ठाउँ अनुसार ९० देखि २ सय रुपैयाँसम्म पर्ने कारोबार दैनिकमा खबर छ । गत वर्ष ७० देखि १ सय ४० रुपैयाँसम्म खरिद बिक्री भएको थियो ।
कोदोबाट गाउँ-गाउँमा उत्पादित रक्सी जिल्लाका प्रमुख व्यापारिक केन्द्र तातोपानी बाह्रबीसे, खाडीचौर, लामोसाँघु, बलेफी, चौतारा, नवलपुर, मेलम्ची, बाहुनेपार्टी, तालामाराङलगायतका बजारमा खपत हुन्छ । झन्डै उत्तिकै परिमाणमा गाउँका पसल, होटल र घरमा खपत हुनेगरेको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment