नेपालले दियो एयर इन्डियालाई २ सय ७७ रनको लक्ष्य
####good
काठमाडौं, मंसिर २२ । राजधानीमा जारी जर्नी टु वल्र्डकप क्रिकेट प्रतियोगिता जितका लागि नेपालले भारतीय टिम एयर इन्डियालाई २ सय ७७ रनको चुनौती दिएको छ । कीर्तिपुर मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ८ विकेट गुमाएर २ सय ७६ रन जोड्यो ।

विनोद भण्डारीले ७९ तथा कप्तान पारस खड्काले ६१ रन बनाए । त्यसैगरी अनिल मण्डलले ४५, सागर पुनले ३३ तथा प्रदीप ऐरीले अविजित रहँदै २७ रन जोडे ।

एयर इन्डियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

यसअघि नेपालले एयर इन्डियालाई ५ विकेटले हराएको थियो ।

नेपाली टोलीलाई आसन्न एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि तयार पार्न जोरा इन्टरनेसनलले नेपाल क्रिकेट संघको समन्वयमा यो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा चार टिमको सहभागिता रहेकामा सिंगापुरको राष्ट्रिय टिम र भारतीय टिम दिल्ली वान्डरर्स बाहिरिएका थिए ।
####




0 comments

Write Down Your Comment