रगतमा असर गर्ने घातक मकैको नेपालमा परीक्षण
####good
१३ पुस, काठमाडौं । अमेरिकाले सन् २००० मा आनुवंशिक परिवर्तन गरिएको (जेनेटिकली मोडिफाइड-जिएमओ) मकैको एक जात ‘बिटी कर्न’ खानलाई नभइ, दानालाई मात्र उपयुक्त हुने ठहर्याएको थियो । तर, खाने मकैमा पनि दानाका केही अवशेष फेला परेपछि अमेरिकी सरकारले बजारमा पठाइएका बिटी कर्न पुरै फिर्ता लग्ने निर्णय गर्यो । उक्त मकैमा पाईएको ‘बिटी टक्सिन’ ले मानिस लगायत स्तनधारी जनावरको रगतमा असर पार्ने अध्ययनले देखाएको थियो ।अमेरिकाले बिटी कर्नमाथि कडा नीति लिएको नौ वर्षपछि त्यही जातको जिएमओ मकै नेपालमा ‘सफल परीक्षण’ गरियो ।
अमेरिकी संस्था वर्चेस्टर पोलिटेक्निक इन्स्टिच्युट (डब्लुपिआई) को एक अध्ययन-प्रतिवेदनमा ‘सन् २००९ मा नेपालमा जिएमओ मकै ‘बिटी कर्न’ को सफल परीक्षण भएको’ उल्लेख छ । उक्त परीक्षण कहाँ र कसरी गरिएको थियो भन्ने विषयमा प्रतिवेदनमा नखुलाइएको नागरिक दैनिकमा खबर छ । तर, बिटी कर्नको नेपाल प्रवेश अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोले नै गराएको डब्लुपिआईले किटान गरेको छ
####
.jpg)



0 comments
Write Down Your Comment