‘भारतीयले नेपालको सीमा स्तम्भ दुई मिटर वर सारिदिए’ (भिडियोसहित)
####good
भारतीयले स्तम्भ नेपाली भूमिमा सारेको स्थानीयको भनाइ छ । ताप्लेजुङका शिक्षक किशोर राईका अनुसार पहिले दुई मिटर पर भएको सीमा स्तम्भ नेपालतर्फ सारिएको छ ।
भारतीय पक्षले बारम्बार सीमा अतिक्रमण गर्न थालेपछि ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका सीमावर्ती इलाकामा पनि बिओपी राख्नुपर्ने उनीहरुको माग छ ।
ताप्लेजुङको ४५, इलामको ४४ र पाँचथरको ४२ किलोमिटर खुल्ला सिमाना छ । देशका ८७ ठाउँमा बिओपी स्थापना भएपनि मेचीको पहाडी सीमामा भने राखिएको छैन ।
सीमा स्तम्भ सारिएको विषयमा जिल्ला प्रशासन कार्यालय भने बेखबर छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सीमा सारिएको बारे आफूलाई जानकारी नभएको बताए ।
####
.jpg)





0 comments
Write Down Your Comment