संविधानसभा सदस्यले पाउने भत्ता नलिने निर्णय गर्नुको कारण के हो?
####good
संविधानसभा निर्वाचनमा जाजरकोट–२ मा नेपाली कांग्रेसबाट विजयी राजिवविक्रम शाहले संविधानसभा सदस्यले पाउने भत्ता जेहेन्दार र गरीबका छोराछोरीको पढाइ–लेखाइमा खर्च गर्ने बताएका छन्। शाह भन्छन्, “म पैसा कमाउन राजनीतिमा आएको होइन।”
  संविधानसभा सदस्यले पाउने भत्ता नलिने निर्णय गर्नुको कारण के हो? 
म समाजसेवी हुँ। मेरो आफ्नै कमाइ छ। पैसा कमाउँला भनेर म समाजसेवा र राजनीतिमा आएको होइन। गाउँघरमा शिक्षा, स्वास्थ्यको समस्या देखेपछि यही क्षेत्रमा काम गर्ने विचार गरेको हुँ। संविधानसभा सदस्यले पाउने भत्ता गरीब र जेहेन्दार बालबालिकाको पढाइमा खर्च गर्ने निर्णय गर्नुको कारण त्यही हो।
आफ्नो खर्च चाहिं कसरी चलाउने विचार गर्नुभएको छ? 
मेरो व्यापार/व्यवसाय छ। घरभाडाबाट पनि पैसा आउँछ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको डाइरेक्टर भएकाले त्यहाँबाट पनि पैसा आउँछ। रिलायन्स कम्पनीमा पनि आवद्ध छु। अरू धेरै संस्थाको शेयर पनि लिएको छु। मलाई पैसाको समस्या छैन।
राज्यले दिने भत्ता नलिएर दीर्घकालसम्म राजनीतिमा टिक्न सकिन्छ र?
आफ्नो पेशा व्यवसाय भयो भने टिक्न सकिन्छ। पहिलो पाँच वर्ष जनताको सेवा गरेपछि दीर्घकालसम्म के गर्ने भन्ने विचार गर्नेछु।
तपाईंको निर्णयले आर्थिक रूपमा कमजोर सभासद्लाई नैतिक दबाब पर्ने महसूस हुँदैन?
त्यो त आफ्नो विचारको कुरा हो। मैले गरे जस्तै अरूले पनि गर्नुपर्छ भन्ने छैन। सभासद्लाई भत्ता पुग्दैन भने बढाउनु पनि पर्ला, ताकि उनीहरूलाई आर्थिक समस्या नपरोस्।

संविधानसभामा कस्तो प्रकारको भूमिका निर्वाह गर्ने योजना बनाउनुभएको छ? 
संविधान र विकास निर्माण दुवै मेरो प्राथमिकतामा पर्छन्। पार्टीको नीति–निर्देशन र घोषणापत्रको आधारमा संविधानसभामा प्रस्तुत हुनेछु। जाजरकोटका समस्या सम्बोधन गर्न पनि संविधानसभामा कुरा उठाउँछु।
####




,

0 comments

Write Down Your Comment