शिवपार्वती अमेरिकामा अलपत्र
####good
वासिङटनस्थित इन्टरपोलको नेसनल कन्ट्रोल व्युरो (एनसीबी) ले नेपालको इन्टरपोल नेसनल कन्ट्रोल व्युरोलाई जुलाई ११ मा पत्र लेखी मूर्तिबारे जानकारी मागेको थियो । पत्रमा ६८ हजार अमेरिकी डलर मूल्य तोकिएको उक्त मूर्ति उत्पत्तिको प्रमाणपत्र पठाएर फिर्ता लिनसमेत आग्रह गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
युनेस्कोको रिजुलोसन १९७० अनुसार मूर्ति चोरिएको वा गैरकानुनी उत्खननको प्रमाण पेस गरेमा फिर्ता लिन शुल्क तिर्नुपर्दैन् । नेपालले युनेस्को रिजुलोसनमा हस्ताक्षर गरेको छ। युनेस्को नेपाल प्रमुख एक्सेल प्लाथेले प्राचीन तथा पुरातात्विक वस्तुको चोरी, तस्करी, उत्खनन् तथा पैठारी रोक्न विश्वका सबै मुलुकले संयुक्त रुपमा प्रयास गर्नु पर्ने समय आएको बताए ।
नेपाल प्रहरीका महानिरीक्षक प्रमुख रहेको इन्टरपोल नेपाल एनसीबीले उक्त मूर्तिको सम्पूर्ण विवरणसहित पुरातत्व विभागलाई तत्काल पत्र लेखे पनि हालसम्म विभागले जवाफ पठाएको छैन् । पहेंलो धातुको २७ इनच अग्लो मूर्ति सन् १२५० मा नेपालमा बनेको वासिङ्टन एनसीबीले पठाएको पत्रमा उल्लेख छ ।
####
.jpg)



0 comments
Write Down Your Comment