जोखिमको यात्रा
####good
काठमाडौ, मंसिर २३ - लम्जुङ्गको समिभञ्ज्याङ्ग र कास्कीको थुम्कि गाविस जोड्ने मादि नदीमाथि स्थानीयले बाँस र काठबाट बनाएको फड्के (बाँसबाट निर्मित अस्थायी पुल) बाट छोरी काँधमा राखेर मादीनदी तर्दै एक पुरुष ।
उक्त पुलबाट जोखिम मोलेर दैनिक सयौं मानिस आवाजतजावत गर्छन् । उक्त पुल नभए करिब २ घण्टा हिँडेर लम्जुङ्गको भोर्लेटार र तनहुँको सिसाघाट जानु पर्ने बाध्यता स्थानीयलाई छ ।
दुवै जिल्लाका विकट मानिने उक्त गाविसहरु जोड्ने झोलुंगे पुलको माग गरिएपनि राज्यले कुनै सुनुवाई नगरेको स्थानीयको भनाइ छ ।


####




0 comments

Write Down Your Comment