लोडसेडिङ बढ्यो, भोलिदेखि दैनिक ९ घण्टा लोडसेडिङ(नयाँतालिकासहित)
####good
काठमाडौं, पौष १ । नेपाल विद्युत प्राधिकरणले विद्युत कटौतीको समयावधी पुनः बढाएको छ । प्राधिकरणले भोलि (मंगलाबर)देखि लागू हुने गरी दैनिक ९ घण्टाका दरले सातामा ६३ घण्टा लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो ।

यसअघि दैनिक ६ देखि सात घण्टाका दरले सातामा साढें ४६ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । हालसम्म बढीमा दिनको दुई पटक लोडसेडिङ गरिंदै आएको थियो ।

दुई पटक लोडसेडिङ गर्दा समयावधी लामो हुने भएकाले अबदेखि दिनको ३ पटक लोडसेडिङ गर्न थालिएको प्राधिकरणले जनाएको छ । नदीमा जलस्तर घट्न थालेकाले लोडसेडिङको समयावधी बढाउनु परेको पनि प्राधिकरणले जनाएको छ ।

####




0 comments

Write Down Your Comment