विद्यालयमा पुरै महिला शिक्षक भएपछि आमा तुल्य
####good
गुल्मीको एक विद्यालयमा पुरै शिक्षक महिला भएपछि स–साना विद्यार्थीहरुले आफ्नी आमाबाट जस्तै विद्यालयमा स्याहर–सुसार पाएका छन् । शिद्ध प्राथामिक विद्यालय नेटा ४ आरुचौरमा यसरी पुरै महिला शिक्षक रहेका हुन् ।
६० जना विद्यार्थी रहेको सो विद्यालयमा प्रधानध्यापक देखि परिचर सहित छ जना महिलाहरु रहेका छन् । ७ जना गैह्र दलित वाहेक पुरै दलित वाल वालिका विद्यार्थी रहेको छन् । शिद्ध प्राविलाई उदाहरणीय विद्यालय बनाउनका लागि पुरै महिला शिक्षक राखिएको ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर के.सीले बताए ।
२०५२ सालदेखि निजी श्रोतमा रहेकी र २०६१ साल फागुन देखि अस्थाई नियुक्ती पाएकी शिक्षिका सपना घिमिरेले प्रधानध्यापक चलाएकी छन् । आफु प्रधानध्यापक रहेर एउटा ब्लक र शौचालय पार्न पाएकोमा गर्व लागेको भन्दै पुरुष प्रधानध्यापकले जति कै महिलाहरुले पनि काम गर्न सकिने रहेछ भन्ने हौसला बढेको घिमिरेले बताईन ।
‘यहााको पढाई हेर्नुस् बाल बालिकाको स्यहार सुसार र उनिहरुको अनुशासन हेर्नुस– घिमिरेले विद्यार्थीरु देखाउादै भनिन् –‘घरमा आमाले भन्दा हामीले बढि स्याहर गरेका छौ, उनिहरुको दिशा पिशाव पनि हामीले पखाली दिन्छौं ।’ ३ जना अस्थाई , एक जना राहत , एक जना निजी श्रोत र एक जना परिचर रहेका उनिहरु विद्यालयलाई उदाहरणीय बनाउन कम्मर कसेको बताउा छन् ।
अर्की शिक्षक लिला घिमिरे भन्छीन–‘ महिला नै महिला शिक्षक रहेको यस विद्यालयलाई उदहारणीय बनाउन लागि परेका छौं, हेरौं कत्तिको सफल होईन्छ । ’ शिक्षिका लिला घिमिरेका अनुसार पुरै दलित, गरिव वस्ती भएकोले अभिभावकहरु निमेक मजदुरीमा जाने भएकोले कहिले कांही त विद्यार्थी लिन घर–घर मै पुग्नु पर्ने हुन्छ ।
अझै पनि कैयौं विद्यालयहरुमा महिलाले निजी श्रोतको समेत जागिर पाउन दलका नेता र जिल्ला शिक्षा कार्यालयका मानिसहरु कहाा धाउनु पर्ने अवस्था रहेको बेला त्यस विद्यालयमा भने पुरै महिलाले जागिर खान पाउनुमा स्थानिय अगुवा समाज सेवीहरुको समेत सद्भाव रहेको प्रधानध्यापक घिमिरेको भनाई छ ।
एउटा ब्लक र शौचालय भए पनि एउटा विद्यालय भवन र शिक्षकहरुका लागि शौचालयको अति खााचो भएको घिमिरेले बताईन । ‘हेर्नुस् यो पुरानो कच्ची भवनको छानो भत्कीनै लागेको छ , पानी आउादा विद्यार्थीहरुलाई घर पठाउन बाध्य छौउनले भनिन् , दलको सिफारिसमा भन्दा पनि जिल्ला शिक्षा कार्यालयका सरहरु आफै आएर हेरी दिए हुन्थ्यो । ’
त्यस विद्यालयका पुरै महिला शिक्षक भन्छन् हरेक प्राथामिक विद्यालयमा महिला शिक्षक अनिवार्य राख्ने गरिए सानो उमेरका वाल वालिकाले पढाईका अलवा घरमा आमाबाट जस्तै स्याहर सुसार पनि पाउने थिए ।
यस सम्वन्धमा सो क्षेत्र हेनै विद्यालय निरीक्षक झविलाल बिश्वकर्माले त्यहााका महिला शिक्षकहरुबाट सन्तोष जनक कार्य भएको बताए । आवस्यक भौतिक पुर्वधारका लागि आफुले जिल्ला शिक्षा कार्यालयको ध्यानकृष्ट गराउने उनले प्रतिवद्धता जनाए । तस्विर: विद्यार्थीहरुका साथमा शिद्ध प्राविका महिला शिक्षकहरु

####
.jpg)



0 comments
Write Down Your Comment