संसारमै तेस्रो उत्कृष्ट पर्यटन गन्तब्यमा काठमाडौं, एसियामा पहिलो
####good
काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाकै एकमात्र गन्तव्य हो । एसियाबाट काठमाडौंसँगै जापानको साप्पोरो र भियतनामको हनोई मात्र परेका छन् । सूचीको पहिलो स्थानमा क्युवाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस छ ।
ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटका आधारमा संसारका उद्यमान दस गन्तव्य सूची सार्वजनिक गरेको हो ।‘ट्रिप एडभाइजरको उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार महाशाखा प्रमुख (निर्देशक) हिक्मतसिंह ऐरले भने,’यसबाट आशालाग्दो प्रभाव देखिने निश्चित छ ।’ यही सूचीलाई केन्द्रमा राखेर प्रचारप्रसारलाई तीब्रता दिइने उनले जानकारी दिए।
'संसारमा ठूला टुर अपरेटरले यो सूचीलाई आफ्नो 'ब्रोसर' मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा हुन्छ,' उनले भने,' त्यही अनुसार सरकार पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन ।'
####
.jpg)




0 comments
Write Down Your Comment