आफु नोकर बनेर जनतालाई मालिक बनाउँछु: चन्द्र भण्डारी
####good
नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का उम्मेदवार चन्द्र भण्डारीको विजयी पश्चात आज पहिलो पटक गा.विसको वडा नं १,२,३,४,५ र ६ का विभिन्न ठाउँहरुमा पुगेर विजय उत्सव मनाईएको थियो ।
उक्त अवसरमा बोल्दै नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का सविंधान सभा सदस्य चन्द्र भण्डारीले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै यो जित नेपाली काँग्रसको मात्र नभएर सम्पूर्ण जनताकै जित भएको भन्दै अब आफु नोकर बनेर जनतालाई मालिक बनाउने भन्दै दलित तथा आर्थिक अभावमा विद्यालयको पहुँच भन्दा टाढा रहेका बालबालिकाहरुलाई विद्यालय सम्म ल्याउनको लागि आफुले यस भन्दा पहिलेनै आफ’ले पाउने तलब जनताका गरिब बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेको भन्दै यसले गरिब बालबालिकाहरुले पनि शिक्षाको पह’ँचसम्म पुग्ने कुरामा आफु विस्वस्त रहेको बताउन’भएको थियो ।साथै थप बोल्दै भण्डारीले यस भन्दा अघिको चुनावमा आफु पराजित भएर पनि यस क्षेत्रको विकासको लािग कटिबद्ध भएर लागिपरेको भन्दै आगामी दिनमा पनि समग्र गुल्मीको विकासको लागि अनवरत रुपमा लागि पर्ने कुरामा स्पष्ट पार्नुभएको थियो ।उक्त ¥यालिमा नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति भुवन श्रेष्ठ, सचिव विष्णु बलाल, नेपाली काँग्रेस सगंठन िवभाग प्रमुख शालिक पन्थी, महिला सञ्जाल जिल्ला उपाध्यक्ष कल्पना घिमिरे, नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्य सन्तोष शाक्य, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का क्षेत्रीय सदस्य सुदर्शन शाक्य, ईलाका नं ९का ईलाका सदस्य दिनेश खाति, वामी गाउँ कार्य समिति सभापति कृष्ण हरी सापकोटा, उपसभापति भिमसेन के.सी सचिव तेजेन्द्र बहादुर जि.सी र डिलाराम खरेल, पुर्व उपसभापति फन बहादुर रायमाझी, नेपाल तरुण दल वामी गाउँ कार्य समिति सभापति विक्रम श्रेष्ठ, लगायत पार्टीका अगुवा कार्यकर्ता, भातृ सगंठनका पदाधिकारी लगायत पार्टी प्रति आस्थावान व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment