कर्मचारीको खल्तीमा 'दलाल'को मोबाइल
####good
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनालीसहित कर्मचारी, वैदेशिक रोजगार व्यवसायी र विचौलिया गरी ६४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
'वैदेशिक रोजगार र श्रम विभागका अधिकांश कर्मचारीका लागि व्यवसायी तथा दलालले सिमकार्ड र मोबाइल किनेर दिने गरेको भेटिएको छ,' स्रोतले कान्तिपुरसँग भन्यो, 'अतिरिक्त आम्दानीका लागि आफूले गर्ने गतिविधि पहिचान नहोस् र सुरक्षित रहन सकियोस् भनेर सुरक्षाका लागि कर्मचारीले व्यवसायीले उपलब्ध गराउने मोबाइल प्रयोग गरेका हुन् ।'
संलग्नहरूको बयान र प्रहरी छानबिनबाट सिमकार्ड दुरुपयोग पत्ता लागेको हो । वैदेशिक रोजगारीका लागि आवेदन दिएका ७७ जनाको फाइल हराएको प्रकरण छानबिनका क्रममा यस्तो खुलासा भएको हो । आयोगले उक्त अनियमितता प्रकरणमा मैनालीसहितका कर्मचारी, व्यवसायी र विचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।
'मैले काम गर्ने म्यानपावरका बोसको 'रिक्वेस्ट'मा मेरो नामको सिमकार्ड पूर्वस्वीकृत शाखाका कर्मचारी रमेश अधिकारीलाई दिएको हुँ' फ्लोरिड ह्युमेन रिसोर्सेज म्यानपावरका कर्मचारी जनक ढुंगानाको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'पटक- पटक काम गरिरहनुपर्ने भएकाले सजिलो हुन्छ भन्दै सिमकार्ड माग्नुभएको रहेछ ।' उनको उक्त सिम एक वर्षदेखि अधिकारीले प्रयोग गरेको छानबिनबाट खुलेको छ ।
आफ्नै कार्यालयका सहायक उद्धव सापकोटाको नाममा निकालिएको सिमकार्ड ढुंगानाले अधिकारीलाई दिएको अख्तियारले जनाएको छ ।
वैदेशिक रोजागर व्यवसायी र विचौलियासँग नियमित सम्पर्क र सेटिङका आधारमा अतिरिक्त आम्दानी गर्ने कर्मचारीले प्रमाण लुकाउन मोबाइलसमेत व्यवसायीकै प्रयोग गर्दै आएको छानबिनमा संलग्नहरू बताउँछन् । व्यवसायी र म्यानपावर कर्मचारीको नामबाट निकालिएको सिमकार्डबाट आफ्नो पहिचान गोप्य रहने र छानबिन परेमा 'कल डिटेल' खोजी गरे पनि बच्न सकिने भएकाले उनीहरूले आफ्नो नाममा रहेको मोबाइल प्रयोगमा नल्याउने गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि 'दलालहरूसँग नियमित सम्पर्कमा रहनुपर्ने अरू कर्मचारीले पनि व्यवसायीकै मोबाइल र सिम प्रयोग गरेर झुक्याउन खोजेको' निचोड निकालेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले काठमाडौं विमानस्थलमा सेटिङका आधारमा भएको अनियमिततालाई केन्दि्रत गरी छानबिन गरिएको बताए । 'मोबाइल र म्यासेजका आधारमा सेटिङ मिलाएर अनियमितता भएको भेटिएको थियो' उनले भने, 'निकै प्राविधिक पक्ष जोडिएको विषय भएकाले विशेषज्ञ प्रहरीको सहयोगका आधारमा अनियमितता पुष्टि हुने प्रमाण जुटाइएको छ ।'
अख्तियारका अनुसार बयानका क्रममा पक्राउ परेका कर्मचारीले समेत वैदेशिक रोजगार व्यवसायीले उपलब्ध गराएको सिमकार्ड प्रयोग गरेको स्वीकारेका छन् । सेटिङ मिलाउने क्रममा बारम्बार श्रम कक्षमा विदेश जानेको नामका साथै पासपोर्ट, फ्लाइट र फोन नम्बर टिपाउनुपर्ने भएकाले शंंका नहोस् भनेर कर्मचारीले अतिरिक्त मोबाइल प्रयोग गर्थे । विभागमा रहुञ्जेल अधिकांशले दुईभन्दा बढी सिमकार्ड उपयोग गरेको छानबिनबाट खुलेको छ । 'यस क्रममा उनीहरूले आफ्नो नामको नियमित नम्बर निकै कम उपयोग गरेको पाइयो' छानबिन प्रतिवेदन उद्धृत गर्दै स्रोतले बतायो । सोही प्रकरण छानबिनका क्रममा मिराकल ओभरसिजका सविन रिमालले आफ्नो सिमकार्ड प्रतिवादीसमेत रहेका शंकर कार्कीलाई दिएको भेटिएको छ । कार्कीले उक्त नम्बर आफ्नो नभएको दाबी गरेपछि छापा मारी कागजात नियन्त्रणमा लिने क्रममा अर्का प्रतिवादी गंगा भुजेलले उक्त नम्बरलाई 'शंकर सर' भनी सेभ गरेको भेटिएको छ । 'सबै पक्षले बठ्याइँपूर्वक फरक व्यक्तिसँग साटेर सिमकार्ड प्रयोग गरेको भेटिन्छ,' स्रोतले भन्यो ।
यसैगरी लोटर ह्युमन रिसोर्सेजका श्रम प्रतिनिधि मधु मरासिनीको नामबाट निकालिएको सिमकार्ड पर्फ]{ट कनेक्सनका अनिरुद्ध खनाल हुँदै श्रम डेक्सका
कम्प्युटर अपरेटर कृष्ण खतिवडाले प्रयोग गरिरहेको भेटिएको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिको नम्बर म्यासेज गर्न, सेटिङ मिलाउन र त्यसका आधारमा रकम झार्न सुरक्षित उपायका रूपमा व्यवसायीकै सिमकार्ड उपयोग गरेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment