नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग
####good
नुवाकोट, पुस १४ - राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर अंकित नोट प्रचलनमा ल्याउन माग गर्दै नुवाकोटबाट मन्त्री परिषदका अध्यक्षलाई ज्ञापन पत्र बुझाइएको छ ।
नागरिक मूल समारोह समिति नुवाकोटले जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पठाएको ज्ञापन पत्रमा राष्ट्र पृथ्वीनारायण शाहको तस्बिर अंकित नोट प्रचलनमा ल्याउन र पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरिएको छ ।
नेपाल राष्ट्रको निर्माता पृथ्वीनारायण शाह भएको उल्लेख गर्दै नेपाल देशलाई भिल्लहरुको देश नबनाउन र राष्ट्र निर्माता बडामहाराजाधिराजको सम्मानमा नेपाल राष्ट्रको एकताको गाठो कस्न पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ मनाउने परम्परा बहाल गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै नागरिक मूल समारोह समितिका उपाध्यक्ष सोमप्रसाद पाण्डेले पृथ्वीनारायणको योगदानलाई सम्झनु भनेको राजतन्त्रलाई सम्झनु नभएको भन्दै सबैले पृथ्वीनारायणलाई सम्मान गर्नु पर्ने बताउनुभयो ।
####




,

0 comments

Write Down Your Comment