चेपाङ वालवालिकालाई विदेशवाट कपडा
####good
चितवन,मंसिर २७ ।
बैदेशिक रोजगारको शिलसिलामा इजरायमा रहनु भएकी पारु लोहारले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकालाई जाडोमा लगाउने न्यानो पकडा सहयोग गर्नुभएको छ ।
झापा निवासी लोहारले पार्सल गरेर हुलाक मार्फत चेपाङ वालवालिकालाई कपडा पठाइदिनुभएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । सञ्चार माध्यम मार्फत संरक्षण केन्द्रको बारेमा जानकारी पाएपछि लोहारले विगत देखिनै सहयोग गदै आउनु भएको छ । यस अधि खाद्यान्न खरिदको लागि आर्थिक सहयोग गर्नुभएकी लोहारले अहिले जाडोमा लगाउने कपडा सहयोग गर्नुभएको हो । पार्सल गरेर हुलाक मार्फत पठाएको सो कपडा आज केन्द्रमा आईपुगेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । सहयोग जुटाएर चेपाङ वालवालिका लाई आवासीय सुविधा सहित अध्ययन गराउदै आएको केन्द्रमा अन्य सहयोज जुटेको भएपनि अहिले खाद्यान्न अभाव भएको छ । केन्द्रमा चितवन र मकवानपुरका ५२ जना चेपाङ वालवालिका आश्रित छन ।




####




0 comments

Write Down Your Comment