पाँचबहिनी छोरी आमाको किरियामा
####good
तर महोत्तरी गौरीवासमा भने आफ्नी आमाको मृत्युपछि ५ जना छोरीहरुले नै काज किरिया गरेका छन् । गौरीवास २ की चण्डीमाया आलेको गएको पुस २४ गते ७५ बर्षको उमेरमा निधन भएपछि पाँच जना छोरीले काज किरिया गरेका हुन् ।चण्डीमायाका सात छोरी भएपनि दुई वटी घर बाहिर भएकाले पाँच जनाले किरिया गरेका हुन् । छोरीहरु पबिमाया क्याप्छाकी, ओममाया सुस्लिङ, मनु रखाल, प्रमिला राना र कान्छिमाया राना छोरा जसरी नै आमाको काज किरियामा बस्नुभएको हो ।
आमाबाबुको मृत्यु हुँदा छोरीले सेतो कपडा पहिरिनुनपर्ने भएकाले उहाँहरुको पहिरन भने सामान्य नै छ । जन्म दिने आमाको किरिया छोराले मात्र नभएर छोरीले पनि गर्नुहुन्छ भनेर आफूहरु आमाको काममा बसेको जेठी छोरी पबिमायाँ क्याप्छाकीले बताउनुभयो । समाजका कतिपयले छोरा नभए नजिकको कसैलाई पारिश्रमिक दिएर भएपनि कोरामा राख्नुपर्छ भनेका तर आफूहरुले त्यसलाई नमानेको उहाँको भनाई छ ।
गाउँकै पुरेत झलकमान दहालले छोरा नहुनेका छोरीले पनि आफ्ना आमा बाबुको काज किरिया गर्दा हुन्छ भनेर उहाँहरुलाई हिन्दु धर्म अनुसार मृत्यु संस्कारको कर्म गराई रहनुभएको छ ।
महिला सञ्जाल गौरीवासकी अध्यक्ष रमा बिष्टले चण्डीमायाका छोरीहरुको कदमले समाजमा बिद्यमान छोराछोरीबीचको बिभेद हटाउन सहयोग पुग्ने बताउनुभयो ।
####
.jpg)



0 comments
Write Down Your Comment