नेपालमा लागूऔषध प्रयोग गर्दा कोरियन प्रहरीको खोरमा
####good
यस्तै अफ्ठेरोमा परेका छन्, रोजगारीका लागि कोरिया पुगेका म्याग्दीका एक युवा । कोरिया उड्ने बेलामा साथीहरूको लहैलहैमा लागेर प्रयोग गरेको लागूऔषधले २५ वर्षीय ती युवालार्इ कोरियन प्रहरी पक्राउ गरेको छ ।
नेपालमा लागूऔषध प्रयोग गरेको सजाय दक्षिणकोरियामा रोजगारीमा पुगेका ती युवाले भोग्नुपरेको हो । इपिएस प्रणालीबाट रोजगारी गर्न दक्षिण कोरिया पुगेका ती युवा प्रहरी फन्दामा परेर नेपाल फर्कने अवस्थामा पुगेका छन् । कोरिया पुगेर धेरै पैसा कमाउने सपना साँचेका उनी प्रहरी खोरमा बसेर आफ्नो भविष्यको छिनोफानो हुने प्रतिक्षामा छन् ।
उनलाई कोरिया पुगेपछि मानव तथा संशाधन विभाग (एचआरडी) ले कोरियाबारेको वेसिक तालिम दिएपछि स्वास्थ्य परीक्षण गरेर कम्पनीमा जिम्मा लगाएको थियो ।
स्वास्थ्य परीक्षणको रिपोर्ट ननिस्की कम्पनीमा पठाइको ती युवालार्इ एक सातापछि केही कुरा बुझ्नुपर्ने भन्दै थेगु अध्यागमन कार्यलयमा बोलाएपछि उनी त्यहाँ पुगे ।
अध्यागमन कार्यलय पुगेपछिमात्र उनले थाहा पाए, कोरियामा मेडिकल गराउनु चारदिनअघि नेपालमा प्रयोग गरेको लागूपदार्थको असरले स्वास्थ्य परीक्षणमा फेल भएको कुरा । उनको रगत र पिसावमा लागूऔषधको असर देखिएपछि अध्यागमन कार्यलयले पक्राउ उनलार्इ नेपाल फर्काउने तयारी गरेको छ ।
ती युवाले जेलबाटै अनलाइनखबरलाई फोन गरेर आफू लागू औषधको नियमित प्रयोगकर्ता नभएको बताए । ‘साथीभाइको लहैलहैमा लागेर यहाँ आउनुअघि लागुऔषध खाएको हो, म पेशेवर प्रयोगकर्ता होइन’, उनले भने ‘एकैक्षणको सानो गल्तीले ठूलो मारमा परें ।’
सरुवा र दीर्घकालिन रोगबाट मात्र मेडिकल फेल हुने सुनेको बताउँदै उनले कोरियामै बसेर काम गर्ने वातावरण बनाईदिन नेपाली दूतावासलाई अनुरोध गरेको बताए ।
कोरिया छिरेको केही दिनमै पक्राउ परेका उनलार्इ नेपाल फर्कन कम्पनीले हवार्इ टिकट दिन नमानेका कारण अहिले प्रहरी हिरासतमा बस्नुपरेको छ ।
श्रमसहचारी अनिल गुरुङ्गले आफूलाई उक्त कुरा थाहा भएको बताएका छन् । गरुङ्गले कोरियमा लागूऔषध प्रयोग सम्वन्धी कानून कडा भएको जनाउँदै म्याग्दीका युवाको केशबारेमा सोमबारसम्म टुंगोमा पुग्ने बताए ।
यस्ता घटनाले आफू पनि दुखी भएको गुरुङ्गको भनाई थियो । कोरियाको विमानस्थलमा रक्सी लिएर आउँदासमेत नेपाली पक्राउ पर्ने गरेकाले त्यस्ता गतिविधि नगर्न गुरुङ्गले अनुरोध गरे ।
####
.jpg)



0 comments
Write Down Your Comment