दुम्सी ठानेर बन्दुक पड्काउँदा साथीको ज्यान गयो
####good
सुरेन्द्र र राजन दुवैजना भरुवा बन्दुक बोकेर वसन्तटार गाविस १ मा रहेको रमिते जंगलमा दुम्सीको शिकार गर्न गएका थिए । इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरीक्षक सुरेन्द्रप्रकास श्रेष्ठले दिएको जानकारी अनुसार रातिको बेला दुइतिरबाट दुम्सीको खोजीमा रहेका बेला सुरेन्द्रले दुम्सी सम्झेर राजनमाथि गोली चलाएका थिए ।दुईतिरबाट छेकेर मार्ने योजना अनुसार छुटि्टएका उनीहरुले नजिक आएको पत्तै नपाइ गोली चलाएका थिए । 'राति रुखका पोथ्रा हल्लेको देखियो, दुम्सीले हल्लाको ठानेर बन्दुक पड्काए । तर, आफनै साथी पो परेको बयानका क्रममा सुरेन्द्रले बताएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मध्य रातमा भएको सो घट्नापछि सुरेन्द्रले समेत आत्महत्या गर्ने प्रयास गरेका थिए ।
साथीलाई गोली हानेर मारेको भन्दै गाउँमा आएका सुरेन्द्रले आफैं प्रहरीमा आत्मसर्मपण गरेका थिए । प्रहरीले सुरेन्द्र र मृतक राजनले बोकेको दुईथान भरुवा बन्दुक बरामद गरेको निरीक्षक श्रेष्ठले जनाए ।
####
.jpg)



0 comments
Write Down Your Comment