एसएलसी 'होम सेन्टर' हटाइयो
####good
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विगतमा जिल्ला परीक्षा समन्यव समितिले होम सेन्टर तोक्दा परीक्षालाई अनुशासित र मर्यादित बनाउन समस्या उत्पन्न हुने गरेकाले यस वर्षदेखि सबै जिल्लाबाट होम सेन्टर हटाइएको जनाए।
पनिकाका अनुसार विगतमा होम सेन्टर तोक्दा सेन्टरनजिकै अभिभावक तथा परीक्षार्थीका आफन्तले होहल्ला गर्ने, विद्यार्थीलाई चिट चोराउन सहयोग गर्ने, केन्द्राध्यक्ष तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीसमेतले परीक्षालाई अमर्यादित बनाउन सहयोग गर्ने गरेको पाइएको थियो।
'आफू पढेकै विद्यालयलाई परीक्षा केन्द्र तोक्दा (होम सेन्टर) परीक्षा अमर्यादित र अनुशासनहीन भएको पाइयो,' नियन्त्रक द्वारेले नागरिकसँग भने, 'विद्यार्थी, अभिभावक, केन्द्राध्यक्ष लगायत परीक्षामा संलग्न सबैलाई अनुशासित बनाउन पनिकाले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आचारसंहिता जारी गर्ने तयारी गरेको छ।'
परीक्षा सञ्चालन र व्यवस्थापन आचारसंहिता परीक्षा सञ्चालन हुन दुई साता अघि मात्र जारी हुनेछ।
पनिकाले सबै जिल्लाबाट होम सेन्टर हटाउन माध्यमिक शिक्षा उत्तीर्ण (एसएलसी) परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६७ संशोधन गरी लागू गरेको हो।
चैत ६ देखि सञ्चालन हुने एसएलसी परीक्षाका लागि जिल्ला परीक्षा समन्वय समितिले आआफ्ना जिल्लामा परीक्षा केन्द्र तोक्ने काम अघि बढाइसकेको उनले जनाए। 'यस वर्ष केन्द्राध्यक्ष पनि केन्द्र तोकिएको स्कुलको माध्यमिक तहको शिक्षक वा सोही स्कुलको हेडमास्टरलाई तोकिनेछ,' उनले भने, 'अरु स्कुलमा केन्द्र तोकेपछि परीक्षा सञ्चालन तथा व्यवस्थापनमा अनुशासन कायम हुने पनिकाको विश्वास छ।'
नियमति र एक्जाम्टेड गरी यस वर्ष करिब सवा ६ लाख परीक्षार्थीको सहभागिता रहने एसएलसी परीक्षाको पश्नपत्र छपाइसम्बन्धी गोप्य कामसमेत सुरु भइसकेको उनले जनाए।
विगतमा २ उपनियन्त्रकले परीक्षाको काममा सघाउँदै आएकोमा हाल पनिकामा १० उपनियन्त्रक भएकाले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनको काम व्यवस्थित रुपमा गर्न यस वर्ष सहज हुने नियन्त्रक द्वारेको दाबी छ।
####
.jpg)



0 comments
Write Down Your Comment