समाचार
»
कक्षा ११ को परीक्षाफल सार्वजनिक
कक्षा ११ को परीक्षाफल सार्वजनिक
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। नियमिततर्फ ४० प्रतिशत परिक्षार्थी पास भएका छन्। २ लाख ६३ हजार २ सय ३० विद्यार्थीले परीक्षा दिएकोमा १ लाख ४ हजार ९ सय ६९ जना पास भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताए। उनका अनुसार ११ परिक्षार्थीको परिक्षाफल स्थगित गरिएको छ भने २ सय २८ जनाको रद्द गरिएको छ। यसैगरी आंशिकतर्फ ३३ प्रतिशत विद्यार्थी पास भएका छन्। १ लाख ५४ हजार ६ सय ८ जनाले परीक्षा दिएकोमा ५० हजार ९ सय ८ जना पास भएका छन्।
परीक्षाफल परिषद्को वेबसाइट
http://hseb.edu.np/result र नेपाल टेलिकमको वेबसाइट
http://hseb.ntc.net.np बाट हेर्न सकिनेछ।
0 comments
Write Down Your Comment