सुसेलेर साथी बोलाए यौन जन्य हिंसा अभियोगमा कारबाही हुने
####good
२४ पुस, काठमाडौं । सैनिक सेवामा हुनुहुन्छ ? साथी डाक्न वा कुनै गीतमा मन बहलाउन नसुसेल्नू है ? यौन दुव्र्यवहारको फन्दामा कसिनुहोला ।
नेपाली सेनाले पुस १९ गतेबाट लागू गरेको ‘नेपाली सेनामा लैंगिक आचारणसम्बन्धी निर्देशिका, २०७०’ले कसैलाई हेरेर सुसेल्नुलाई पनि यौनजन्य गतिविधिमा राखेर कारबाहीको व्यवस्था गरेको छ ।
सेनासम्बन्धी कुनै सभा, समारोह तथा पार्टीमा सहकर्मीलाई गलत मनशायले छुने, थपथपाउने, अनिच्छित चुम्बन लिने वा अँगालो मार्नेजस्ता गतिविधि गरे सरकारी जागिरका लागि सदा अयोग्य हुनेगरी सैनिक सेवाबाट निकालिने मात्र होइन, कैदसजायकै भागीदार हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको नागरिक दैनिकमा खबरछ ।
निर्देशिकाले यस्ता घटनामा संलग्नलाई मात्र होइन,देखिजानी चुप लाग्नेलाई समेत ‘प्रोत्साहन दिएको’ अभियोगमा सजाय गर्नेछ ।
####




0 comments

Write Down Your Comment