‘पृथ्वीनारायण शाहको योगदान बिर्सेर इतिहास मेटाउन खोजियो’
####good
काठमाडौं, पौष २३ । विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई सरकारले उपेक्षा गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । पृथ्वीनारायण शाहको २ सय ९२औं जन्मजयन्तीको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा सहभागीहरुले विभिन्न पक्षले शाहको योगदानलाई बिर्सेर इतिहास मेटाउने चेष्टा गरेको आरोप समेत लगाए ।पृथ्वीनारायण शाहको दुरदर्शीताको कारणले नै नेपालको एकीकरण सम्भव भएको भन्दै उनीहरुले शाहलाई सधैं राष्ट्र निर्माताको रुपमा सम्मान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहित्यकार तारानाथ शर्मा, इतिहासविद् डा. रमेश ढुंगेलल गायतले आफ्नो धारणा राखेका थिए ।
####
.jpg)



0 comments
Write Down Your Comment