पार्टीलाई अध्यक्षले प्राइभेट कम्पनी बनाएः बाबुराम
####good
समानुपातिकतर्फका सभासदहरुको सिफारिस गर्दा अध्यक्ष दाहालले मनोमानी गरेको भन्दै असन्तुष्टि प्रकट गरेका भट्टराईले भर्खरै प्रवेश गरेका र राम्रो छवी नभएकालाई सभासद् बनाएको आरोप लगाएका छन् ।आफ्नै निवास सानेपामा केही पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले दलहरुले गरेको सभासद् मनोनयनले समानुपातिकको उद्देश्य माथि नै कुठाराघात भएको बताए।
यद्दपी भट्टराईले अध्यक्ष दाहालले बुझाएको समानुपातिकतर्फका सभासदहरुको सूचीको विरोध पार्टी फुटाउने हदसम्मको नभएको बताए ।
‘पार्टी छाडेर गएपनि जाओस भन्ने एमाओवादी केन्द्रीय सदस्य गोपाल किराँतीको अभिव्यक्तीलाई उनले गैर जिम्मेवार भने ।
उनले भने, समानुपातिक प्रणाली विकृत भयो भन्दैमा हटाउनुपर्छ भन्ने मेरो आशय होइन । ”
एमाओवादी सरकारमा नजाने भन्दै भट्टराइले पार्टीको सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रीत हुनुपर्ने बताए ।
“हामी सरकारमा जाँदैनौं, अहिले नै हामीले कसलाई समर्थन गर्ने भन्ने निर्णय पनि गरेका छैनौ ।”
####
.jpg)



0 comments
Write Down Your Comment