बहादुर प्रहरीलाई फुली
####good
साहसपूर्ण काम गरेर संगठनको छवि उचो बनाएको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबार पत्रकार सम्मेलनबीच ठाकुर र समसादलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिए।
पुस १७ मा भारतीय मोटरसाइकल चढेर आएका भारतीय नागरिक विपीन यादव र रवि पाण्डेले बारा जितपुरमा आफ्नै घरमा बसिरहेका अफताब अन्सारीलाई गोली हानेर हत्या गरेका थिए। लगत्तै उम्केर भारतीय सीमातिर मोटरसाइकलमा भाग्दै गर्दा ठाकुर र समजानले पिछा गरेर पक्रेका थिए। अभियुक्तले चलाएको गोलीले दुवै प्रहरी घाइते भएका थिए।
पत्रकार सम्मेलनमा ठाकुर र समसादलाई दर्ज्यानी चिह्न लगाउनुअघि 'आफ्नो ज्यानको पर्वाह नगरी बहादुरीसाथ अपराधीलाई पक्राउ गरेकाले' दुवैजनाको एक तह बढुवा गरिएको जानकारी दिइएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराबाट क्षेत्रीय प्रहरी कार्यालय मध्यमाञ्चल र वृत्ति विकास सिफारिस समितिको समेत सिफारिस आधारमा प्रहरी प्रधान कार्यालयले बढुवा समिति गठन गरी पुस १९ मै एक तह बढुवाको निर्णय गरेको थियो।
भारतीय सुटरको गोली लागेर घाइते दुवै प्रहरी अस्थायी प्रहरी पोस्ट इनर्वासिरामा कार्यरत छन्। उनीहरुको महाराजगन्जमा रहेको प्रहरी अस्पतालमा उपचार भइरहेको छ। बढुवासँगै दर्ज्यानी चिह्न लगाउन आएका ठाकुर अझै अस्वस्थ देखिए। हात र कम्मरमा गोली लागेका उनी सहयोगीको आड लिएर कार्यक्रममा आएका थिए।
####
.jpg)




0 comments
Write Down Your Comment