१८ बर्षे युट्युव युवती, जसले कमाउँछिन महिनामै ४० हजार डलर -
####good
एउटी १८ वर्षीया केटीको तरक्की सुन्नुस् । उनी सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रियको सूचिमा छिन् । गायिका लेडी गागाभन्दा उनका फलोअर बढि छन् । भउग, एल्ली, ग्लामर, कस्मोपोलिटनजस्ता ख्यातिप्राप्त पत्रिकाका कुल फ्यानभन्दा उनका फ्यान धेरै छन् । अमेरिकाको क्यालिफोर्नियाकी बेथानी मोता नामकी यी केटीको युट्युब च्यानलमा ५१ लाख सब्सक्राइबर छन् । ‘इन्स्टाग्राम’ मा उनको खोजी गर्नेहरु २३ लाख छन् । त्यस्तै, ट्वीटरमा पनि उनका फलोअर १० लाखभन्दा बढी छन ।उनलाई मोडल बनाउन चर्चित ब्राण्डहरुको लाइन छ, सोसल मिडियाका सम्मेलनमा उनी अतिथि बनेर प्रबचन दिन्छिन, अनलाइन टीभी च्यानलहरुमा आफ्नै उमेरका युवाहरुसँग मस्कामस्की गरेर बात मार्छिन् । यही हाँसखेलबाट उनले महिनामा ४० हजार डलर(झण्डै ४० लाख रुपैयाँ) कमाउँछिन् । उनको यो कमाई फेसबुक, गुगल, याहु, अमाजोन लगायतका कम्पनीका प्रमुख कार्यकारीकै हाराहारी हो । आखिर को हुन यी १८ बर्षे सुन्दरी जसले यति धेरै नेटिजन्सको दिल चोर्न सफल भइन ? के गर्छिन यी ? टीनएज प्रवेशसँगै नाम र दामको कसरी ओइरो लाग्यो ? अमेरिकी पत्रिका बिजनेस इनसाइडरको रिपोर्टमा आधारित यो अनुबाद– मोता, गत वर्षमात्रै विद्यालय शिक्षा पुरा गरेकी युवती हुन् । उनी क्यालिफोर्नियाको उत्तरी कुनामा अझै पनि बाबुआमाकै आश्रयमा बस्दै आएकी छिन् । उनी एक साधारण युवती हुन् । फेसन डिजाइनर, सम्पादक, मोडल कोही होइनन् ।
उनको कोठामा केही ब्यागहरुको चाङ छ । जसमा उनी कपडा, कपाल, सौन्दर्य प्रशाधन, सूर्यमुखी फूलको कपडा आदिका भिडियोहरु अपलोड गरिरहन्छिन् । ‘मलाई सूर्यमुखी फूल सबभन्दा मन पर्छ’ उनी भन्छिन् । क्रिसमसअघिको घटना हो । गार्मेन्ट कपडाहरुको बजार खस्केको बेला थियो । एरोपोस्टल नामक किशोरलक्षित कपडा उद्यमीले नयाँ रणनीति ल्याए । मोता ब्राण्डमा कपडा र गहना बजारीकरण गरे । बेथानी मोता ब्राण्डमा स्वेटर, स्कर्ट आदि नाम दिइएपछि बजारमा राम्रो हिस्सा लियो । मोता अहिले लोकप्रिय युवती भएकी छिन् । उनी किशोर पुस्ताकेन्द्रित युट्युब टेलिभिजन नेटवर्कमा संवाद गर्छिन् । किशोर पुस्ताको चाहना र आवश्यकता वोध गर्दै संवाद चलाउनु उनको विशेषता हो । तथापि, उनी यो विषयमा औपचारिक तालिम र शिक्षा नलिएकी युवती हुन् ।
स्वअध्ययन र स्वस्फूर्त रुपमा उनले किशोरलक्षित कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । मोता किशोर पुस्तामा निकै लोकप्रिय छिन् । ‘उनी चर्चित र राम्री छिन्’ अकल्याण्ड, क्यालिफोर्नियाकी १५ वर्षीया मेलिना म्याक्नले भनिन् ‘उनको भिडियोहरु निकै मन छुने छन् । हेर्दाखेरि लाग्छ उनी मसँगै बोलिरहेकी छिन् ।’ ‘मोता सँधै मुस्कुराइरहेकी हुन्छिन्’ अर्की एल्ला फिलिप्सले भनिन् । त्यसो भनिरहँदा उनको नजिकमा निकै किशोर, किशोरीहरु थिए । मोताद्धारा प्रवद्र्धित टि सर्ट र कपडाहरु लगाइरहेका थिए । मोतालाई देखेपछि उनीहरु खुसीले आत्तिएका थिए ।
हत्तपत्त मोतासित नजिकिने, गफ गर्ने र अटोग्राफ लिन खोजे । युट्युवसँगको नाता मोता युट्युबको प्रयोगबारे साथीले जानकारी दिएपछि यसको प्रयोग थालेका बताउँछिन् । ‘म कसैसँग बोल्न र घर छाड्न चाहन्नथेँ’ उनी भन्छिन् ‘युट्युबले मलाई सहयोग ग¥यो । म आफैं व्यक्तिगत रुपमा आउटलेट (बिक्री कक्ष) बन्न पुगेकी छु ।’ मोताको पहिलो उत्पादन जुन २००९ मा आएको थियो । म्याक र सेफोराको सौन्दर्य सामाग्रीबारे क्यामेरा कुशलताबाट फोटो सेसन गरिन् । यो बेला मोता जम्मा १३ वर्षकी थिइन् । उनीसित ट्राइपोड नहुँदा साधारण क्यामेराबाटै काम चलाएकी थिइन् ।
उनले यस्ता वस्तुको बजारीकरणमा सहयोग पुग्नेखाले सामाग्रीहरु राख्न थालिन् । विस्तारै उनको दर्शक फलोअर्स बढ्दै गए । अहिले उनको संयौं भिडियो सामाजिक सञ्जालहरुमा राखिएका छन् । उनको सिपालु हातले गरिएको सम्पादनले थप लोकप्रिय बनाइएको छ । उनले सुरुमा कपाल श्रृँगार, आन्तरिक सजावट आदिको सामाग्री अपलोड गरिन् । सन् २०१० मा उनले दोस्रो युट्युब च्यानल, बेथानिसलाइफ ल्याइन् । यो च्यानल झनै लोकप्रिय भइदियो । धेरैले आफ्नै लागि बनेको महसुस गर्न पुगे । यसमा हाल १६ लाखभन्दा बढी सब्सक्राइबर छन् । मोताको आम्दानी बढ्दै गएको छ । तर उनी आफ्नो आम्दानी बारे प्रतिक्रिया दिन चाहन्नन् । तर युट्युव बिज्ञापनका ज्ञाताहरुले गरेको अनुमान अनुसार उनको मासिक आम्दानी ४० हजार डलर छ, जुन उनले आफ्नो भिडियो अपलोड गरेवापत कमाउँछिन् । किशोर अवस्थामै उचालिएको मोताको कमाइबारे धेरैलाई लोभ लाग्न सक्छ । तर मोता आफूले गरेको काम खासै नौलो नभएको बताउँछिन् । उनी भन्छिन् ‘जब म फूर्सद पाउँछु, बेडमा बस्छु अनि भिडियो अपलोड गर्छु ।’
उनी आफू व्यक्ति नै उद्यमी भएकोमा दङ्ग पनि छिन् । अब उनी नियात्रा विशेष भिडियो राख्ने सोचमा छिन् । उनले हालै एसिया र पेरिसको यात्रा थाल्ने भएकी छिन् । ‘म भ्रमणसँगै स्थानीय खानेकुराहरुको पनि प्रवद्र्धन गर्न चाहन्छु’ उनले भनिन् । उनी चलनचल्तीको खानेकुरा र तिनको पोषण गुण बारे जानकारी प्रवाह गर्न चाहेको बताउँछिन् । मोताको प्रगतिबाट उनका बुबा टोनी मख्ख छन् । तर छोरीको प्रगति र कमाइबारे खासै प्रतिक्रिया दिन चाहेनन् । उनी एउटा डेरी उद्योगमा काम गर्छन् ।
मोताको भनाइमा अहिलेको जमानामा इन्टरनेटको अथाह सदुपयोग गर्न सकिन्छ । तर मानिसहरुको चाहना फरक–फरक हुने भएकोले खास क्षेत्रमा आफूलाई उभ्याउनुपर्ने उनको सुझाव छ । अनलाइनमा उनको आलोचना गर्नेहरु पनि निकै भेटिन्छन् । तर उनी निकै तर्कपूर्ण जवाफ दिन्छिन् । विस्तारै उनको जवाफबाट आलोचकहरु फ्यानमा परिणत हुन्छन् । मोता सन् २०१३ मा सामाजिक सञ्जालहरुको सम्मेलनमा हङकङमा सहभागी थिइन् । त्यतिबेला उनले विभिन्न विधामा तीन पुरस्कार हात पारिन् । तर अहिले वस्तुको बजारीकरणमा सामाजिक सञ्जालको निःशुल्क प्रयोग भइरहेकोमा आलोचना पनि भइरहेको छ । मोताकी कानुन व्यवसायी र समर्थकहरु भने कुनै वस्तुप्रति उपभोक्ताको रुचि आउनु र उपभोक्ताले प्रचार गर्नु मुनासिब भएको तर्क गर्छन् । ‘मोता एक प्राकृतिक बजारकर्मी हुन्’ उनका वकिल भन्छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment