सडक सञ्जालमा नेपाल विकासोन्मुख राष्ट्रभन्दा माथि
####good
स्थानीय विकास मन्त्रालयअन्र्तगत विभिन्न आयोजना, जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समितिहरुले समेत निर्माण गरेका सडकसहित देशभर कुल ६२ हजार ५ सय ७९ किलोमिटर सडक निर्माण भइसकेको छ । हालको सडक विकास हेर्दा सडक घनत्व प्रतिसय वर्गकिलोमिटरमा ४२ दशमलव ५ किलोमिटर पुगेको छ । यो तथ्यांक हेर्दा २०४६ सालको परिवर्तनपश्चात सडक यातायातमा राज्यले बढी लगानी गरेकाले छोटो समयमा नेपालले उल्लेख्य प्रगति गर्न सफल भएको हो ।
यो प्रगतिले नेपाल सडक विकासमा विकासोन्मु राष्ट्रहरुको सूचीबाट माथि उठ्ने भएको छ । विश्वका अधिकांश विकासोन्मु राष्ट्रहरुको सडक विकास नेपालभन्दा पछाडि नै रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment