कोरियामा रिसोर्ट भत्कँदा १० को मृत्यु
####good
कोरियाली संचार माध्यमहरुले जनाए अनुसार कोलोन गु्रपद्धारा संचालित रिसोर्ट राति ९ बजेर ६ मिनेटमा भत्किएको थियो । भारी हिमपातका कारण रिसोर्टको छतमा अत्यधिक मात्रामा हिउँ जमेकाले भवन भत्किएको हो ।
त्यहाँ बुसान विश्व विद्यालयको विदेशी विभागमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुको स्वागतार्थ सांगितिक कार्यक्रम आयोजना गरिंदै थियो । कार्यक्रममा विश्वविद्यालयका ५ सय ६५ भन्दा बढी विद्यार्थीहरु रहेका थिए । रिसोर्टका ११ कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ ।
घटनामा नेपाली परे नपरेको थाहा भएको छैन । 'घटनामा नेपाली विद्यार्थी परे नपरेको कुनै जानकारी आएको छैन ।' सोलस्थित नेपाली दूतावासका एक अधिकारीले इकान्तिपुरलाई बताए ।
अत्यधिक हिउँ परेको र रिसोर्ट पहाडी इलाकामा रहेकाले उद्धारमा समस्या परिरहेको पनि संचार माध्यमहरुले जनाएका छन् । घटनास्थलमा १४ सय भन्दा बढी उद्धारकर्ता खटिरहेका छन् । घाइतेहरुको उपचार उल्सान अस्पतालमा भइरहेको छ । बुसान, ख्यङजु क्षेत्रमा गत हप्तादेखि लगातार हिउँ परिरहेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment