आठ किमी दौडमा ४५ वर्षीया महिलादेखि १५ वर्षीय वालकसम्म
####good
१० फागुन, धरान । दोस्रो नेवा च्यारिटी ८ किलोमिटर दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ आर्मी क्लवका होमलाल श्रेष्ठ र महिलातर्फ एपि एफ क्लबकी फूलमती राणाले जितेका छन् । विजेताहरुले जनही नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आर्मीका ज्ञानप्रसाद भट्टराई दोस्रो र एपीएफका लक्ष्मण मल्ल तेस्रो भएका छन् । महिलातर्फ नारायणदेवी सिंह दोस्रो र सुष्मा राई तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमश २० हजार, १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपालका पूर्व ओलम्पियन तथा राष्ट्रिय प्रशिक्षक साफ स्वर्णधारी वैकुण्ठ मानन्धर, नेवा च्यारिटीका संस्थापक अध्यक्ष सन्तोष राई र धरान रनका अध्यक्ष मनिष तामाङको हातबाट पुरस्कार वितरण गरिएको थियो ।प्रतियोगिता धरानको लोकतान्त्रिक चौकदेखि शुरु भएर पुतलीलाइन हुँदै दुर्गाचौक, कल्याणचौक, पानीटंयाकी, रंगशाला, जिरोप्वाइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तीसार, विजयपुर डाँडा र देशीलाइन हुँदै भानुचौकमा आएर टुंगिएको थियो । स्वस्थ्य धरान, स्वच्छ धरान नाराका साथ धरान दौडको आयोजनामा शनिवार आयोजित नेवा च्यारिटी ८ के रन, हेल्प दृष्टि नेपाल हेप्पी होम दौड प्रतियोगितामा जुनियर र भेट्रान महिला पुरुष दुवैतर्फका प्रथम, द्वीतीय, तृतीय हुनेलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।

 १६ वर्ष मुनिका जुनियर तर्फ १५ वर्षीय केशव लिम्वु प्रथम, १५ वर्षीय आशिष राई द्वीतीय र १५ वर्षीय जोस साह तृतीय भएका छन् । महिलातर्फ १४ वर्षीया सृजना राई प्रथम, १३ वर्षीया मिङमा तामाङ, र १५ वर्षीया मिना तामाङ तृतीय भएका छन् । ४५ वर्षीया महिला पनि दौडिए त्यस्तै गरी भेट्रानतर्फ ४० वर्षीय तिलक राई प्रथम, ४३ वर्षीय राजेन्द्र गुरुङ द्वीतीय र ५७ वर्षीय प्रकाश राई तृतीय भएका छन् । भेट्रान महिलातर्फ ४५ वर्षीया सुभद्रा राई प्रथम र ४५ वर्षीया लीला श्रेष्ठ द्वीतीय भएका छन् । भेट्रान महिलातर्फ अन्य महिला नभएकाले पहिलो र दोस्रो मात्र घोषण गरिएको थियो । शारीरिक अशक्तसमेत पुरस्कृत कार्यक्रममा धरान विजयपुर निवासी शारीरिक असक्त महिला साहित्यकार लक्ष्मी राईलाई दुई लाख ५० हजारको अक्षय कोष खडागरी चेक हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा प्रतियोगितामा सहभागी सुस्त श्रवण शक्ति भएका महेन्द्र लिम्बुलाई विशेष पुरस्कार स्वरुप एक हजार नगद र प्रमाण पत्र दिइएको थियो ।भेट्रानतर्फका विजेता तिलक राई र द्वीतीय हुने राजेन्द्र गरुङले आफ्नो नगद पुरस्कार शारिरिक अशक्त भएका धरान विजयपुर निवासी लक्ष्मी राईलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । भेट्रानतर्फका महिला उपविजेता लीला श्रेष्ठले पनि आफूले पाएको नगद पुरस्कार तीन हजार रुपैयाँ दृष्टि नेपाल धरान शाखालाई हस्तान्तरण गरेका छन् ।९ सय जनाको सहभागिता रहेको प्रतियोगितामा श्रवण ८० औं स्थानमा आएका थिए । प्रतियोगितामा ५ वषर्ीय मिङवाहाङ फोम्बोले पनि दौड पूरा गरेका थिए । प्रतियोगिताको उदघाटन प्रमुख अतिथि बैकुण्ठ मानन्धर र विशेष अतिथि एसएसपी यादवराज खनालले संयुक्त रुपमा रिबन काटेर गरेका थिए । 
####




0 comments

Write Down Your Comment