घुस लिँदालिँदै सहसचिव रंगेहात पक्राउ
####good
भक्तपुरको सानेठिमीमा रहेको उच्च माध्यमिक शिक्षा परिषदको सम्बन्धन महाशाखाका प्रमुखसमेत रहेका बाराकोटीले धनुषाको भिल्लाबसेला सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि सम्बन्धन दिने प्रयोजनका लागि घुस लिएका थिए।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार कानुनी रुपमा प्रकृया पुरा भै स्वतः हुने कामका लागि घुस मागिएको भन्दै सूचना प्राप्त भएपछि प्रहरीसहितको अख्तियार टोली घुस दिनका लागि तयार नोटको नम्बर टिपेर सानोठिमी पुगेको थियो।
पूर्वयोजना अनुसार बाराकोटीले घुसबापतको ४० हजार रुपैयाँ लिनासाथ अख्तियार टोलीले नाटकीय रुपमा उनलाई समातेको थियो।
बाराकोटीले उच्चमावि सम्बन्धनका लागि परिषद् पुगेका सरस्वती माध्यमिक विद्यालयका सञ्जय झासँग रकम बुझेका थिए।
बाराकोटीलाई रंगेहात समातेपछि भ्यानमा राखेर सोझै अख्तियारको हिरासतमा लगिएको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए।
'उनलाई सोमबार अनुसन्धानको म्याद थपका लागि विशेष अदालतमा हाजिर गराइन्छ', सापकोटाले भने।
####
.jpg)




0 comments
Write Down Your Comment