ट्वीरको पेज अब फेसबुकजस्तै (तस्वीरसहित)
####good
यस्तो देखिने छ तपाइको पेज ट्वीटरको हालको ठाडो आकारको डिजाइनलाई परिवर्तन गरि अलिक ठूलो आकारको तर तेर्सो शैलीको डिजाइन बनाइएको छ । नयाँ डिजाइनमा तस्वीरलाई निकै प्राथमिकतामा राखिएको देखिन्छ । यसको स्वरुप हेर्दा फेसबुक र गुगल प्लसको नयाँ जन्मिएको बच्चा जस्तो देखिन्छ ।
ट्वीटरले आगामी केही सातामै यो डिजाइन बाहिर ल्याउने तयारी गरिरहेको संचारमाध्यमहरुले दावी गरेका छन् ।
अरूको हेर्दा तपाइको पेज यस्तो हुने छ पछिल्लो बर्ष झण्डै ६५ करोड डलर घाटा खाएको ट्वीटरले प्रयोगकर्ताको घट्दो दरलाई रोक्न नयाँ उपाय अपनाएको बताइएको छ । तर, यो समाचार सार्वजनिक भएसँगै ट्वीटर प्रयोगकर्ताले भने आफ्नोपन नछाड्न र फेसबुकको पछि नलाग्न आग्रह गरेका छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment