कतारमा कामदारको नयाँ सुरक्षा मापदण्ड
####good
समितिले नियमित तलब पाउने व्यवस्था, उचित बसोबास, कामदारको निःशुल्क लागत खर्च, उनीहरुले पाउने अधिकारलगायत विषयलाई सम्बोधन गर्दै मापदण्ड ल्याएको हो । यो मापदण्ड तत्काल वृहत् निर्माणाधीन आयोजनाहरुमा लागू हुनेछ ।कतारमा निर्माण क्षेत्रमा सबैभन्दा धेरै कामदार नेपाली नै छन् । त्यहाँ कार्यरत करिब ४ लाख नेपालीमध्ये आधा निर्माण क्षेत्रमै छन् । ‘अब सबै कामदारको तलब बैंकमार्फत दिलाइनेछ, जसले गर्दा तलब समयमा नै पाएको/नपाएको पुष्टि हुन्छ,’ समितिले भनेको छ । समितिले एउटा कोठामा चार जनाभन्दा बढी कामदार राखन नपर्ने व्यवस्था मिलाएको छ ।
त्यहाँ केही कम्पनीले फाइदाका लागि एउटै कोठामा १६ जनासम्म राखेका छन् । समितिले भनेको छ, ‘मापदण्डभन्दा बढी कामदार राखिएका कम्पनीलाई कारबाही गरिनेछ ।’ समितिले सबै कामदारले राहदानी आफूसँग राख्न पाउने, नयाँ कामदारको भिसा र हवाई टिकट रोजगारदाताले उपलब्ध गराउने, प्रत्येक क्याम्पसमा सबै मुलुकका कामदारका प्रतिनिधि रहने गरी एउटा श्रमिक कल्याणकारी मञ्च बनाउने लगायत व्यवस्था मिलाएको कान्तिपुर दैनिकमा खबर छ ।
उसले राष्ट्रियता, जाति, धर्मका आधारमा तलबमान र अवसरमा भेदभाव गर्न नपाइनेसमेत मापदण्ड बनाएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment