दुर्घटनामा परेका ७ यूवाको सामुहिक अन्तेष्टि गरिदै
####good
नारायण खड्का। दाङ। सडक दुर्घटनामा ज्यान गुमाएका फुलबारी ६ बखरीयाका सात जना यूवाहरुको बबई नदिमा सामुहिक अन्तेष्टि गरिदै छ। सितलपुरको बबई पूलभन्दा माथिल्लो घाटमा सामुहिक अन्तेष्टिको हुन लागेको हो। मृतक सात जनाको शब घर–घरमा लगिएको र परिवारजनले अन्तिम श्रद्धाञ्जलि दिएपछि बबई घाटमा ल्याएर अन्तिम संस्कार गरिने भएको छ।दुर्घटनामा परि गंभिर घाईते भएकाहरु मध्य चार जनाको छिमेकी देश भारतको लखनउमा उपचार भैरहेको छ। बाँकेको कोहलपुरमा उपचार संभव नभएपछि थप उपचारकालागि चारजनालाई लखनउ पुर्याइएको हो। तेजबहादुर गिरी, डिल्ली पुरी, शसस्त्र प्रहरीका जवान भागबत बस्नेत र भिमबहादुर बस्नेतको लखनउमा उपचार भैरहेको छ। जिपका चालक माधव रेग्मी र अन्यगाडिमा सह–चालकको कामगर्दे आउनु भएका विशाल परियारको भने कोहलपुरमा उपचार भैरहेको छ।
यसैबीच मृतक तीन जना यूवाहरु घरका एक्लो छोरा भएको खुल्न आएको छ । स्थानिय पत्रकार देविराम कुसारीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमएका मध्य प्रबिण खड्का, शंकर चौरी र खड्गबहादुर डाँगी परिवारमा एक्लो छोरा हुनुहुन्थ्यो ।
एकै गाँउका सात यूवाको मृत्यूपछि फूलबारी ६ बखरीया गाँउ शोकमा डुबेको छ । बखरीया गाँउमा सन्नाटा छाएको छ । घटनामापरी घाइते भएका र मारीने सबै एकै गाँउका पर्दा बखरीयाबासीको आँशु थामिन सकेको छैन ।
दाङको तुलसीपुर अमेलिया सडकखण्डको फूलबारीको ठुलो लेकमा जिप दुर्घटना परि ७ जनाको मृत्यू भएका थियो भने ६ जना गंभिर घाईते भएका थियो। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपि तुलबहादुर कार्किका अनुसार दुर्घटनामा परि १९ वर्षे खड्ग डाँगी, २० वर्षे रबि गिरी, १८ वर्षका शंकर चौधरी, वर्षे २२का प्रबिण खड्का, २१ बर्षका गणेश केसी, बर्ष २८का मानबहादुर अर्थात मधु योगी र वर्ष २७का पूर्ण बहादुर वलीको मृत्यू भएको हो ।
यसअघी क्षतीपूर्तीको मागगर्दै स्थानियबासीले शव उठाउन नदिएपछि अपरान्न मात्र पोष्टमार्टमका लागि शवहरु तुलसीपुर ल्याईएको थियो । दिउसो भएको छलफलमा कानुन अनुसार पाउने क्षतिपुर्ति उपलव्ध गराउने सहमति भएपछि स्थानिय बासिहरुले शव उठाउन दिएका हुन । मृतक सबै ७ जनाको शब अहिले अंचल अस्पताल तुलसीपुरमा पोष्टमार्टमका पछि परिवारको जिम्मा लगाइएको थियो ।
####
.jpg)



0 comments
Write Down Your Comment