बेलायती दूतावासका कर्मचारीले दुख दिएको परराष्ट्रमन्त्रीसमक्ष गुनासो
####good
सभापति गुरुङले वेलायती दुतावासका कर्मचारीहरुबाट गोरखा र उनका सन्तानहरुले अनावश्यक सास्ती पाएको भन्दै तत्काल समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरे । मन्त्री पाण्डेले विषयमा तत्कालै बेलायत स्थित दुतावासलाई आवश्यक निर्देशन दिने बताए । गोरखा सैनिक र उनका सन्तानले एमआरपी लिने क्रममा बेलायती दुतावासका कर्मचारीहरुले अनावश्यक सास्ती दिदै आएको गुरुङले गुनासो गरे ।गोरखा सैनिक र उनका सन्तानहरुले आफ्नो पेन्सनको कागजपत्रमा रहेको जन्ममितिको आधारमा पासपोर्ट लिएर बेलायत पुगेका गोरखाहरुलाई एमआरपी बनाउने क्रममा जन्ममिति नमिलेको भन्दै फर्काउने गरेको बताए । ‘पहिले चहि त्यही मितिका आधारमा पासपोर्ट दिने, अहिले चाँहि हुन्न भनिरहेका छन्’ भूतपूर्व गोरखा सैनिक जितेन्द्र लिम्बुले भने,’पैसा खानका लागि अनेक बहाना बनाइरहेका छन् ।’ परराष्ट्रमन्त्रीसँगको भेटमा सभासद् रविन्द्र अधिकारी, गोरखा एकेडेमिक फोरमका अध्यक्ष शिव गुरुङ, गोरखा सैनिक आवाजका सम्पादक राजेश राईसमेत सहभागी थिए ।
####
.jpg)



0 comments
Write Down Your Comment