रेखाले भनिन् –प्रमाणसहित भिडियो निकाल्छु
####good
निर्देशक श्याम भट्टराईले सिनेमा ‘हिम्मतवाली’ छाडेको घोषणा गरेको तीन दिनपछि अभिनेत्री रेखा थापाले वक्तव्य जारी गर्दै आरोपहरुको खण्डन गरेकी छन् ।आक्रोशित शैलीमा फेसबुकमा जारी वक्तव्यमा निर्देशक भट्टराईलाई आफूले प्रोजेक्टबाटै निकालेको दाबी रेखाले गरेकी छन् । उनी लेख्छिन्, ‘सुटिङ सुरु भएको तीनदिनमै निकालेको हो । दुई दिनमा बसन्त श्रेष्ठको गीतमै समय गएको थियो । तपाईंले गरेको एकदिनको काम पनि रिसुट गर्दैछु ।’
राजधानी फर्किएपछि प्राविधिकहरुसँग संयुक्त पत्रकार सम्मेलन गर्ने पनि रेखाले उल्लेख गरेकी छन् । स्पटमा भएका गतिविधिको भिडियो रेकर्ड आफूले गरेको र काठमाडौं फर्किएपछि ‘युट्युव’बाट सार्वजनिक गर्ने रेखाले धम्की दिएकी छिन् ।
प्राविधिकलाई मानवीय सहयोग नगरेको भन्ने भट्टराईको आरोपको पनि रेखाले खण्डन गरेकी छन् । उनी चुनौति दिन्छिन् ‘के कुरामा मैले तपाईंलाई सुटिङ चलिरहेको अवस्थामा रोकेर निकालेको मेरो युनिटले प्रेसको अगाडि बोल्नेछन् ।’
यसैसाता एक वक्तव्य जारी गर्दै निर्देशक भट्टराईले रेखा थापाको अव्यवसायिक र अमर्यादित व्यवहारका कारण आफूले प्रोजेक्ट छाडेको जनाएका थिए । यतिबेला रेखा आफैले हिम्मतवाली निर्देशन गरिरहेकी छन् । फिल्मका तस्विर पनि एकपछि अर्को गर्दै उनले सार्वजनिक गरेकी छन् ।
####
.jpg)



0 comments
Write Down Your Comment