समाचार
»
मूर्ति कुँदेरै गुजारा चलाउँछन् लामिछाने दाजुभाइ
मूर्ति कुँदेरै गुजारा चलाउँछन् लामिछाने दाजुभाइ
२९ फागुन, पर्वत । आफ्नो कलालाई कालीको ढुंगामा खोप्न माहिर लामिछाने दाजुभाइले यतिबेला ढुंगाको मूर्ति बनाएर दैनिक जीविका चलाइरहेका छन् । ढुंगालाई कलात्मक ढंगले मूर्तिमा परिणत गर्ने पर्वतको पिपलटारी-२ गहतेपोखराका सुवास लामिछाने र लेखनाथ लामिछानेले मूर्ति बनाएर जीवन चलाइरहेका छन् । जीविका चलाउन गाह्रो भएपछि ०५३ सालतिरबाट पर्वतबाट बागलुङ बजार हानिएका हुन्, लामिछाने दाजुभाइ । धेरैजसो देवीदेवताका मूर्ति कुँद्ने उनीहरुले पहिला कमलो ढुंगामा मूर्ति बनाउने गरेको भएपनि प्रविधिको विकाससँगै अहिले कालीगण्डकीमा पाइने कडा कालो ढुंगामा मुर्ति तथा शालिक कुँद्ने गरेका छन् ।


गाउँबाट शुरु भएको उनीहरुको व्यावसायले उचित ठाउँ पाउन नसकेकै कारण पर्वतबाट बागलुङसम्म पुगेका उनीहरुको व्यावसायले अझै सोचेजति ठाउँ पाउन नसकेको लामिछाने दाजुभाइको गुनासो छ । मान्छेको फोटो हेरेर जस्ताको तस्तै शालिक निर्माण गर्दै आएका उनीहरुले थुप्रै देवीदेवता तथा प्रकृतिलाई ढुंगामा कुंदेका छन् । ढुंगामा सीप कुँदेर आफ्ना लालाबालाको प्राण खोज्ने उनीहरुको अभियानले बजारको अभावमा मनग्गे आम्दानी गर्न सकिरहेको छैन ।
0 comments
Write Down Your Comment