पारस्परिक मेलमिलापबाटै समृद्धि सुनिश्चित : प्रधानमन्त्री
####good

’ बिम्स्टेकलाई सुदृढ एवम् सबल बनाउन तथा सङ्गठनलाई व्यवस्थित गर्न स्थायी सचिवालयको व्यवस्था, महासचिवको नियुक्ति, भारत र भुटानमा जल तथा मौसम र साँस्कृतिक उद्योगसम्बन्धी विशिष्टिकृत निकायको स्थापनाले बिम्स्टेक प्रक्रियालाई नयाँ उचाइ दिएको कोइरालो उल्लेख गरे । थाइल्याण्डबाहेक अन्य पाँच मुलुकका राष्ट्र/सरकार प्रमुखबीच भएका भेटवार्ता, ती देशसँगको पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन तथा नेपालको आर्थिक-सामाजिक विकासमा सहयोगका सम्भावित क्षेत्रहरु पहिल्याउन र उनीहरुका विचार बुझ्न महत्वपूर्ण भएको उनको भनाई थियो ।
बिम्स्टेक क्षेत्रमा शान्ति, स्थायित्व, समृद्धि र आपसी भाइचारा बढाउन पनि उपक्षेत्रीय सम्मेलन फलदायी भएको र समग्रमा सम्मेलन तथा आफ्नो भ्रमण सफल भएको उहाँले बताउनुभयो । राजधानी नेपिटबाट विशेष विमानबाट यहाँ आउनुभएका प्रधानमन्त्री कोइरालालाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा याङ्गुन क्षेत्रका विदेशमन्त्री यु न्यान टुन यु, विदेश मन्त्रालयका पदाधिकारी तथा नेपाली दूतावासका तृतीय सचिव श्रीकृष्ण थापालगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि विशेष विमानबाटै यहाँ आएको हो । त्यसअघि नेपिटमा केन्द्रीय सरकारका मन्त्री तथा विदेश मन्त्रालयका पदाधिकारीले प्रधानमन्त्रीलाई बिदाई गरेको थियो । प्रधानमन्त्री कोइराला बुधवार साँझ थाइल्याण्डको राजधानी बैंकक हुँदै विहीवार अपराहृन स्वदेश र्फकने कार्यक्रम छ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलगायत नेपाली टोली पनि भोलि नै स्वदेश आउने छ ।
####
.jpg)



0 comments
Write Down Your Comment