बेपत्ता मलेसिया विमानमा चोरीको पासपोर्ट बोक्ने एक इरानी रहेको खुलासा
####good
 काठमाडौं, फाल्गुन २७ । शनिबार बिहानदेखि बेपत्ता मलेसिया एअरलाइन्सको विमानमा चोरीको पासपोर्ट बोकेर उड्ने व्यक्ति एक इरानी नागरिक रहेको खुलेको छ । तर, उक्त व्यक्तिको आतंकवादीसँग सम्बन्ध रहेको भने खुलेको छैन । १९ वर्षीय उक्त व्यक्ति जर्मनीमा शरण लिन चाहिरहेको पनि मलेसिया प्रहरीले जनाएको छ ।

उता, विमान हराएको क्षेत्र बढाएर खोजी थालिएको अधिकारीहरुले जनाएका छन् । यात्रुका आफन्तहरु विमानबारे कुनै जानकारी नपाएपछि थप निराश र आक्रोशित बन्न थालेपछि मलेसियाली अधिकारीहरुले दक्षिणी चिनियाँ समुद्रमा खोजी गरिने क्षेत्र दुई गुणा बढाइएका हुन् ।

चीनले खोजीमा १० वटा सेटेलाइट पनि परिचालन गरेको जनाएको छ । मलेसिया एअरलाइन्सको एम एच ३७० विमान क्वालालाम्पुरबाट चालक दलका १२ सहित २ सय ३९ यात्रु लिएर बेइजिङ जाँदै गर्दा उडान भरहेको दुई घण्टा मै वेपत्ता भएको थियो ।

विभिन्न मुलुकका उद्धार टोली मलेसिया र भियतनाको समुद्रमा खोजीमा जुटेपनि विमानको केही सुइँकोसम्म मिलेको छैन । उद्धार अभियानमा ३४ विमान र ४० नौसैनिक पोत जुटेका छन् ।

शुक्रबार रातको १२ बजेर ४१ मिनेटमा क्वालालाम्पुरबाट उडान भरेको विमान स्थानीय समय अनुसार शनिबार बिहान २ बजेर ४० मिनेटदेखि सम्पर्कविच्छेद भएको थियो


####




0 comments

Write Down Your Comment