अमेरिकामा भेटिएका ठग
####good
उसैले सोध्यो अरु कुन भाषा जानेको छ भनेर, मैले नेपाली र हिन्दी भनें, त्यसपछि उसले हिन्दीमा कुरा गर्न थाल्यो ।” मित्रले आत्तिँदै भने । मैले सोधें “तपाईको दुबै कानमा फोन किन नि ?” मित्रले स्पस्ट पार्दै भने “पहिले घरको फोनमा गर्यो, फेरि ट्रान्सलेटरका लागि भनेर सेल नम्बर माग्यो, नम्बर दिएपछि उताबाट सेलमा पनि फोन आयो । दुबै फोनमा एउटै कुरा गर्नका लागि दुबै फोन लाइनमा हुनुपर्छ भन्यो । बेलाबेला फोन राखिस् भने तँ झन् ठूलो समस्यामा पर्छस् भनेर थर्काइरहन्छ ।” म मज्जाले हाँसे । उनी म हाँसेको देखेर अक्क न बक्क भए । मनमनमा भने होलान्, “मलाई यत्रो समस्या परेको बेला उ चाहिँं यसरी हाँस्छ ।” त्यसपछि उसले के के भन्यो र कति पैसा माग्यो ? उसले तपाईलाई फोन नराख्न भन्छ हैन ? “हो” उनले भने । तपाईलाई डिपार्ट गरिदिन्छु भन्छ होइन ? “हो” । दुई हजारदेखि तीन हजारको वीचमा कति पैसा माग्यो ? “बाइस सय पचास” उसको फोन नम्बर दिन मान्दैन हो ? मित्रले अनुहार उज्यालो पार्दै भने “तपाईलाई कसरी थाहा भयो यो सब” मैले मित्रको काँधमा धाप मार्दै भनें- “मित्र यिनीहरु ठग हुन्, धेरैलाई यस्ता फोन कलहरु आइसके, मलाई पनि आएको थियो । अबदेखि यस्ता फोन कल आए भने कुरा नगर्नु, मेल गर भन्नु । आइआरएसले कहिले पनि फोन गर्दैन, उसले चिठी पठाउँछ ।” “हो त साँच्चै” मित्र अझ विश्वस्त हुन खोजे ।” “म नहुने कुरा गर्छुजस्तो लाग्छ ? ” आश्वस्त पार्दै मैले भनंे । “ए फोन त होल्ड मै पो रहेछ” मित्रले कुरा गर्न फोन कानतिर दौडाउँदै थिए हातले छिर्के लाएर फोन खोसें र लाइन काटी दिएँ । नम्बर हाइड गरेको त्यही मानिसले फोन गरिरह्यो दुई तीनपटक मैले फोन उठाइँन । मैले मित्रको हातमा फोन राख्दै भनंे “अब फोन नआउला, म तपाईको जीपीएस लिन आएको मेरालेे काम गरेको छैन । एकछिन बाहिर जानुछ ।” जीपीएस त गाडीमै पो होला भन्दै उनले भर्खरै किनेको नीलो होन्डा पाइलटतिर हेरे । अर्को घटना दीपक भाइ मेनेजर भएको सेल ग्याँस स्टेसन मलाई आˆनैजस्तो लाग्छ । हामी तात्तातो कफी हातमा लिएर गफ गरेर बसिरहेका थियौं । हिउँ नपरे पनि चिसो निकै नै धेरै भएकाले होला, मानिसहरु निकै नै कम देखिएका छन् बाहिर । टिर्र टिर्र मेरो फोन बज्यो । हेरें, मिलफोर्डको रोहित भाइले गरेको रहेछ । दीपक भाइलाई फोनमा करा गर्न लागेको इसारा गरेर म स्टोरभित्र हिँड्दै फोन उठाएँ । हेलो । “दाइ नमस्कार, म रोहित बोलेको । ” “नमस्कार, के छ रोहित भाइ, सन्चै ?” “सन्चै, दाइ । मलाई ठूलो समस्या पर्यो ।एउटा वकिल खोजिदिनु पर्यो ।” “कस्तो वकिल भाइ ? इमिग्रेसन सम्बन्धी ?” “हैन दाइ, ट्याक्ससम्बन्धी, आज आईआरएसबाट फोन आएको थियो……………….। मित्र सुधीरलाई जे-जे भनेको थियो, त्यही कुरा रोहितले सुनाए । रोहितले चाहिँ सुधीरले जस्तो पैसा छैन भनेनछन्, उनले म त्यसै पैसा दिन सक्दिँन वकिलसँग कुरा गरेरमात्रै दिन्छु भनेका रहेछन् । जीउ ढक्क फुलेर आयो । सिंगै पहाडले थिच्न आँटेजस्तो लाग्यो । मुटुको ढुकढुकी बढेर आयो । छाती फुलेर आयो । लाग्यो रोहित ठूलो समस्याको भुमरीमा फस्दैछन् । उनको कुराले मलाई त यति पोल्यो भने उनलाई कस्तो भएको होला ? के गरुँ कसो गरुँ भयो, के भनुँ मुखमा कूनै शब्द नै आएनन् । मैले लामो सास तानेर भने “रोहित भाइ म एकछिन ठन्डा दिमागले सोच्छु अनि फोन गर्छु ल” भनेर फोन राखें । खाँदै गरेको तातो कफी पनि छाडेर दीपक भाइलाई मलाई तुरुन्तै कहीं जानुपर्ने भयो भनेर बाहिर निस्किएँ । गाडीमा गएर एकछिन आँखा चिल्लेर के गर्ने कसो गर्ने भनेर सोचें । कोही चिने जानेका वकिलहरुका बारेमा सोचें । ट्याक्ससम्बन्धी हेर्ने त कोही छैनन् । झट्ट एक जना एकाउन्ट पढेर ट्याक्सको काम गरिरहेका दाइलाई सम्झें र फोन लगाएँ । उहाँ अफिसमा भएको थाहा भएकाले उहाँले फोन उठाउने बित्तिकै उहाँलाई कानेखुसी गेरजस्तै गरेर भने ” दाइ, तपाई अफिसमा हुनुहुन्छ, म धेरै समय लिन्न भन्दै भाइ रोहितले भनेको सबै कुरा सुनाएँ । उहाँले पनि कानेखुसी शैलीमै भन्नुभयो “भाइ यो सब ठगहरुको काम हो । धेरैलाई यस्ता फोनहरु आउने गरेका छन् । आइआरएसले कहिले पनि फोन गर्दैन, चिठी पठाउँछ, फोनै गरे पनि पैसा त कुनै हालतमा माग्दैन ।” दाइ भन्दै हुनुहुन्थ्यो । मैले भनें, दाइ यो घटना त ममाथि नै घटेको थियो, आज के भएछ मैले भुलेंछु । मैले त्यो फोन गर्नेलाई उल्टो साफ गाली गरेर फोन राखेको थिएँ । सम्झाइ दिनुभएकोमा धन्यवाद, रोहित आत्तिएका होलान्, म उनलाई सम्झाउँछु । लामो सास फेरें, मन हलुँगो भएर आयो । ठूलो युद्ध जितेजस्तै लाग्यो । तुरुन्त रोहितलाई फोन गरेर, मलाई आएको त्यस्तै फोन कल र त्योसँग भएका कुराकानी अनि एकाउन्ट जानेको दाइसँग भएको कुराकानी रोहितलाई भनें र निश्चिन्त भएर बस्न भनें । अनि फेरि युद्ध जितेको सिपाहीजस्तो गर्दै खुसी हुँदै स्टोरभित्र फर्केर गएंँ र भनंे “दीपक भाइ, मेरो समस्याको समाधान गाडीबाटै भयो त्यसैले मेरो कफी सक्न आएँ ।”
####
.jpg)



0 comments
Write Down Your Comment