बम डिस्पोज गर्न गएको सेना लिपस्टिक लिएर फर्क्यो (फोटो फिचर)
####good









बम भएको अनुमानमा नेपाली सेनाको बम डिस्पोजल टोलीले सो स्थानलार्इ घेरा हालेर मेसिनको प्रयोग गरेर झोलालार्इ सतर्कतापूर्वक खोल्दा विस्फोटन हुने कुनै सामान नै फेला परेन । बम डिस्पोजल मेसिनले झोला खोलेर सेनाको टोलीले हेर्दा झोलामा जिन्स पाइन्ट र लिपस्टिक फेला परेको हो । बम भएको अनुमानमा करिब २ घण्टासम्म त्रसित बनेको पुतलीसडक र बागबजार क्षेत्र झोला हटाइएपछि सामन्य बनेको हो । बम डिस्पोजल गर्रे मेसिनसहित, बम सुरक्षा पोशाकसहित पुगेको सेनाको टोलीले सैन्य पोशाकको झोलालार्इ डिस्पोज गर्दा ठूलो आवाजमा पड्कँदासम्म सर्वसाधरणाले बम नै भएको अनुमान लगाएका थिए । डिस्पोजल टोलीका सदस्य एक सैनिकले झोलालार्इ लठ्ठीले चलाइ खोलेर हेर्दा जिन्स पाइन्ट, लिपस्टिक, बोत्तल, मोबाइल फोनका रिचार्ज कार्ड र अन्य सामग्री भेटिए । ती सबै सामानलार्इ नेपाली सेनाको टोलीले त्यहाँबाट हटाएपछि जनजीवन सामन्य भइसकेको हो ।
####
.jpg)




0 comments
Write Down Your Comment