एमाओवादी पैसा डुबाउने, एमाले कमाउने !
####good
‘जति पनि माओवादीका सहकारी वा व्यवसायिक लगानीहरु छन्, ती डुबेका छन्, तर, अरु मानिसले चलाएका व्यवसाय चाँहि राम्रोसँग फस्टाएका छन्’- कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले अनलाइनखबरसँग भने । स्वरोजगार कोषबाट रकम लिएर युवाहरुमा लगानी गरेका त्यस्ता सहकारीबाट कडाइपूर्वक रकम असुल्ने कार्य भइरहेको रेग्मीले जानकारी दिएका छन् । स्वरोजगार कोषको अनामनगरस्थित कार्यालयले दिएको जानकारी अनुसार लगानी सदुपयोग नगर्ने १० वटा सहकारीबाट कोषले आफ्नो लगानी फिर्ता लिइसकेको छ । केही सहकारीलाई हर्जनासमेत तिराएको कोषले जानकारी दिएको छ । साथै रकम सदुपयोग नगर्ने माओवादी निकटका केही सहकारीलाई समेत कारवाहीको तयारी भइरहेको स्रोतले बतायो । किष्ट बैंकलाई दिइएको लगानीसमेत कोषले फिर्ता लिएको छ । स्वरोजगार कोषले लगानी गरेका देशभरिका ६ सय २४ सहकारीमध्ये १० वटालाई कारवाही गरिएको र बाँकी सबैलाई दोस्रो किस्तासमेत लगानी गरिएको स्रोतले बतायो । दोस्रो किस्ता लगानी गर्दा कोषका कार्यकारी निर्देशकले सञ्चालक समितिको बैठकमा हस्ताक्षर गर्न मानेका थिएनन् ।
वाइसीएल नेताले रुवाए यसैवीच स्वरोजगार कोषको आइटी शाखामा केही समय काम गरेर निस्कासनमा परेका एमाओवादी निकट वाइसीएलका केन्द्रीय नेता लक्ष्मण बेल्बासेले विभिन्न सहकारीमा पैसा उठाउँदै हिँडेको कोषका कर्मचारीले गुनासो गरेका छन् । ‘मैले यसबारे वाइसीएल अध्यक्ष एवं सभासद गणेशमान पुनलाई पटक-पटक भनेको छु, तर उनले बेल्बासेलाई कुनै कारवाही गरेका छैनन्, कोषका उपाध्यक्ष रेग्मीले अनलाइनखबरसँग भने- ‘बेल्बासेले कार्यालयकै ६० हजार बेरुजु फट्र्यौट गर्न बाँकी छ ।’ बेलबासे सीपी मैनालीको नेकपा माले छाडेर एमाओवादीमा पसेका हुन् । उनीसँगै माओवादी बनेका हरिबंश मैनाली चाँहि वैद्य पक्षमा छन् । यस विषयमा वाइसिएल अध्यक्ष पुनसँग बुझ्दा रेग्मीले बेल्बासेका बारेमा बुझ्न आफूलाई आग्रह गरेको सभासद पुनले अनलाइनखबरलाई बताए । ‘पछि फेरि बेल्बासेजी र रेग्मीजीको वीचमा कुरा भयो भन्ने सुनेको थिएँ,’ पुनले भने ।
भारतमा आइटी पढेको भनेपछि आफूले बेल्बासेलाई कार्यालयमा आइटीको काम दिएको तर आर्थिक अनुशासन नदेखेपछि निकालेको रेग्मीले बताए । उता सोलुखुम्बुमा एमाले समर्थित युवा संघका एक नेताले रकम हिनामिना गरेर समातिएपछि एकै दिनमा पैसा फिर्ता गरेको र उनलाई युवासंघले तत्कालै संगठनबाट हटाएको रेग्मीले अनलाइनखबरलाई जानकारी दिए । बैंक निराश, सहकारी उत्साही स्वरोजगार कोषबाट युवा उद्यमीहरुमा लगानी गर्न सरकारी बैंकसमेत अगाडि सरेको भए पनि उनीहरु निराश देखएकिा छन् । कृषि विकास बैंकले १० करोड लगानी गरेको मा ८ करोड उठाउन बाँकी रहेको छ । त्यस्तै कञ्चनपुर र ललितपुरको लुभुमा १ सय उद्यमीमा लगानी गरेको वाणिज्य बैंक पनि थप लगानीका लागि उत्साही नदेखिएको स्रोत बताउँछ ।
हेटौडामा केही लगानी गरेको नेपाल बैंक लिमिटेड पनि थप लगानीका लागि उत्साही छैन । तर, सहकारीले भने उत्साह देखाएका छन् र असुली समेत ९० प्रतिशत रहेको कोषका अधिकारी बताउँछन् । डा. बाबुारम भट्टराईका पालादेखि अघि सारिएको युवा स्वरोजगार कार्याक्रम अहिले सहकारी मार्फत् देशका ७३ जिल्लामा पुगेको छ । ती जिल्लामा जिल्ला सम्पर्क कार्यालयसमेत खोलिएका छन् । बाँकी रहेका मनाङ र मुस्ताङमा पनि कार्याक्रम लैजाने तयारी भइरहेको कोषले जनाएको छ । देशभित्रै कुनै उद्यम गर्न चाहने युवालाई कोषले तीन किस्तामा प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म बैंक वा सहकारीमार्फत् सहुलितयमा ऋण उपलब्ध गराउँदै आएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment