मन्त्रीलाई खुसी पार्न गाडी उपहार !
####good
मन्त्री आचार्यले सोमबार खुमलटारस्थित एनटीएनसी प्रधान कार्यालय भ्रमण गरेका थिए । त्यसको भोलिपल्टै उनी र 'सचिवालयका लागि' भन्दै रातो प्लेटको सुजुकीको जेन कार दिईएको हो । स्रोतका अनुसार उक्त कार एनटीएनसीका निर्देशक/कर्मचारीहरुले आपतकालीन रुपमा प्रयोग गर्थे । चालक अरुण केसी र एनटीएनसीका कर्मचारी सुरज बम मल्लले मंगलवार अपरान्ह बा ५ च ८२५० नम्बरको सुजुकी कार, चाबी र कागजात मन्त्रालयमा बुझाएका हुन् ।
स्रोतका अनुसार मन्त्री आचार्यले बा १ झ ७२०१ र बा १ झ ६५९५ नम्बरका दुईटा प्राडो र उनका स्वकीय सचिव नवराज काफ्लेले बा १ झ ५७३३ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । मन्त्रालयका उपसचिव काफ्ले र सहायक वन अधिकृत सुरेन्द्र अधिकारी तीन दिनअघि स्वकीय नियुक्त भएका हुन् । यीबाहेक सुरेन्द्र ढकाल मन्त्रीका नीजि सचिव छन् ।
विगतदेखि नै एनटीएनसीका सदस्य- सचिवले मन्त्री रिझाउन विविध सुविधा दिने गरेका हुन् । गाडीबाहेक इन्धन, मन्त्री र सचिवालयको स्वदेश/विदेश भ्रमण खर्च तथा भत्तासमेत एनटीएनसीले मन्त्रीलाई उपलव्ध गराउने गरेको छ ।
सदस्य- सचिव गोविन्द गजुरेलले अध्यक्षका हैसियतले मन्त्रीलाई गाडी सुविधा दिने निर्णय भएको स्वीकारे । 'अध्यक्षज्यूको सचिवालयको प्रयोजनका लागि गाडी दिइएको हो,' उनले कान्तिपुरसित भने ।
एमालेनिकट गजुरेललाई खिलराज रेग्मी नेतृत्वको मन्त्रीपरिषदका कृषी तथा वनमन्त्री टेकबहादुर घर्तीले गत कात्तिक २८ मा नियुक्त गरेका थिए । त्यसअघि एमालेकै जुद्धबहादुर गुरुङको सदस्य- सचिव थिए । सिन्धुली कमलामाइका गजुरेल एमालेको बुद्धिजीवी परिषदका सल्लाहकार हुन् ।
अघिल्ला सदस्य- सचिव गुरुङले पनि तत्कालिन वनमन्त्री मुहम्मद वकिल मुसलमान र यदुवंश झालाई गाडीलगायत खर्च एनटीएनसीबाट उपलव्ध गराएका थिए । सेवा सुविधाका विषयमा मुसलमान र झा गुरुङसंग असन्तुष्ट थिए ।
मुसलमानका पिए र परिवारले एनटीएनसीको गाडी प्रयोग गर्नेक्रममा दुर्घटनामा परेर विग्रिएपछि मर्मतमा १० लाख रुपैयाँ खर्च भएको थियो । उक्त रकम एनटीएनसीले नै व्यहोरेको थियो ।
पदमा टिकिराख्न मन्त्री र उनका सहयोगीका धेरै माग पूरा गर्नुपर्ने अनुभव पूर्व सदस्य सचिवहरुको छ । 'मन्त्री र तिनका मान्छेले जे भने त्यो पूरा गर्न तयार हुनुपर्छ,' पूर्व सदस्य सचिव गुरुङले भने, 'आर्थिकलगायत रोजगारी दिन धेरै दबाब दिन्छन् ।'
####
.jpg)


.jpg)

0 comments
Write Down Your Comment