आपतमा गुल्मेली युवाको साथ
####good
बले दर्जीको आग्रहपछि पूर्व उर्जामन्त्री गोकर्ण विष्टको विशेष पहलमा रकम संकलन अभियानलाई तिब्र पारिएको थियो । स्वदेश तथा विदेशमा रहेका स्थानिय यूवाहरुबाट अप्रेसनका लागि २ लाख ८० हजार ६ सय ११ रुपैयाँ संकलन भएको हेम लम्सालले जानकारी दिए । उक्त रकम मंगलबार पूर्व मन्त्री विष्टले कमलका बुवा बले दर्जीलाई हस्तान्तरण गरेका थिए । सभासद्समेत रहेका विष्टको आग्रहपछि दक्षिण कोरियामा कार्यरत गुल्मेली यूवाहरुबाट १ लाख ३१ हजार रुपैयाँ संकलन भएको थियो । कोरियामा रोशन कुमार पौडेल र गोकर्ण पौडेलको सक्रियतामा रकम जम्मा गरिएको थियो । साथै, कोरियाबाटै मगर संघ कोरियाका अध्यक्ष शंकर रानाको सक्रियतामा थप २० हजार रुपैयाँ संकलन भएको हेमराज लम्सालले जानकारी दिए । कमललाई कोरियामा कार्यरत कपुर श्रेष्ठ, साउदीमा कार्यरत ढालेन्द्र लम्साल, कतारमा कार्यरत दीपक पौड्याल, दुवईमा कार्यरत गोकर्ण खत्री, रुद्र खत्रीले पनि ठूलो सहयोग गरेका थिए । साथै, नेपालमा फर्सुराम पान्डे, बोम बहादुर थापा, सुशिल भट्टराई, जीवन खत्री, रित बहादुर खत्री, कृष्ण लम्साल, हेम लम्साल लगायतले सहयोग गरेको बताइएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै पूर्वमन्त्री विष्टले आर्थिक अवस्था कमजोर हुँदा गरिव नेपालीहरुले अकालमा ज्यान गुमाइरहनुपरेको गुनासो गरे । मुलुकमा गणतन्त्र आएपनि जनताले आभाष गर्न नसकेको ठोकुवा गर्दै उनले नागरिकलार्इ आवश्यक न्यूनतम सेवा-सुविधाहरू राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिए । स्वस्थ्य क्षेत्रमा राज्यको उपयुक्त नीति नहुँदा आर्थिक अवस्था कमजोर भएकाहरु उपचार नपाएर तडि्परहनुपर्ने वर्तमान अवस्था रहेको उनको भनाई थियो । कमलले गरिव परिवारले उपचारमा पाउने सरकारी अनुदानवापत १ लाख रुपैयाँ प्राप्त गरेको हेम लम्सालले जानकारी दिए । छिमेकीको सहयोगबाट आफ्नो छोरो बचेको भन्दै कमलका बुवा बले दर्जीले सबैलाई धन्यवाद दिए ।
####
.jpg)




0 comments
Write Down Your Comment