छोरालाई अक्षर चिनाउन बाबुको कठोर संर्घष, डोकोमा बोकेर दिनहुँ १८ माइल यात्रा
####good


केटाकेटी ल्याउन लैजान यो स्कूलसित बस छैन । सार्वजनिक बसमा उपयुक्त व्यवस्था नभएकाले आफैंले बोकेर लैजाने गरेको भन्दै उनले भने- मेरो छोरा शारीरिक अपाङ्ग छ । तर, उनको दिमागमा कुनै समस्या छैन । नजिका कुनै पनि स्कूलले उनलाई भर्ना लिन मानेनन् ।’ यी १२ बषिर्य किशोर सिओले आमाको माया नपाएको ९ वर्ष भइसक्यो । उनी ३ वर्षको हुँदा बाबुले आमाबाट छुट्याएर लालन पालन गर्दै आएका छन् । गत सेप्टेम्बरदेखि यू झुकांगले छोरालाई यसैगरि स्कुल लैजान थालेको छन् । विहान ५ बजे उठेर छोरालाई स्कुल पठाउन खाजा बनाउने तयारी गर्छन् । उनी भन्छन्-’साढे चार माइल हिडेर छोरालाई स्कुल पुर्याउँछु अनि फर्किएर घर आएपछि केही कमाउन काममा जान्छु, साँझ फेरि छोरालाई लिन स्कुल जान्छु ।’ यसो गर्दा उनी दिनमा करिव १८ माइल पैदलयात्रा गर्छन् । उनका छोरा निकै होचा छन् । शारीरिक अपाङ्गता भएका कारण उनको उचाइ ९० सेन्टिमिटर मात्र छ । आफ्नो छोरा कजेल पढेको हेर्न सपना रहेको भन्दै उनले भनेका छन्-’तर, मलाई खुसी लागेको छ कि मेरो छोरा कक्षामा पहिलो भएको छ र मलाई थाहा छ उसले ठूलो उपलब्धी हात पार्नेछ ।’
####
.jpg)




0 comments
Write Down Your Comment