क्रिकेट खेलाडी र क्यानबीच सहमति
####good
काठमाडौं, वैशाख ३ । राष्ट्रिय क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान)बीचको विवाद तीन बुँदे सहमतिमा गएर अन्त्य भएको छ । क्रिकेटका गतिविधि सञ्चालन गर्न तथा भौतिक पूर्वाधारमा विशेष जोड दिन योजना तथा अनुगमन समिति बनाउने निर्णय भएपछि खेलाडी र क्यानको एक साता लामो विवाद किनारा लागेको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराजा लामाको संयोजकत्वमा बन्ने यो समितिमा युवा तथा खेलकुद मन्त्रालयमा उपसचिव भन्दा माथिल्लो तहका अधिकारी, क्यानका प्रतिनिधि, राष्ट्रिय टोलीका कप्तान पारस खड्का र राष्ट्रिय प्रशिक्षक पुबुदु दासानायक सदस्य रहनेछन् ।
उक्त समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्ने जानकारी दिइएको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यो समिति अन्तर्गत रहेर क्यानको बोर्डले काम गर्ने धारणा राखे । तर समितिका संयोजक युवराज लामाले भने यो समितिलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवलाई बराबर नै अधिकार भएको बताँउदै यो क्रिकेट संघको अर्को कमिटी नभएको प्रतिक्रिया दिए ।
यो समिति क्यानभन्दा माथि रहन्छ वा यसकै समानान्तर क्षेत्राधिकार हुन्छ भन्नेबारे भने सहमतिमा केही उल्लेख गरिएको छैन ।

####
.jpg)

0 comments
Write Down Your Comment