सडक दुर्घटनामा परि प्रचण्ड पुत्र घाइते
####good
काठमाडौं, बैशाख २–एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल सडक दुर्घटना परी घाइते भएका छन् । बबई नदीको अबलोकनका लागि बर्दिया पुगेका दाहाल चढेको गाडी अनियन्त्रित भई बबई नजिकै दुर्घटनामा परेको स्रोतले रातोपाटीलाई जानकारी दियो ।स्रोतका अनुसार प्रकाशसहित मुकेश दराई र तुलसी डाँगीसमेत घाइते भएका छन् ।घटना बेलुका साँडे ५ बजेतिर भएको हो । प्रकाशको अवस्था सामान्य रहेको छ भने दराई र डाँगीको अवस्था गम्भीर रहेको छ ।
गाडी क्षतिग्रस्त भएपनि र्दुर्घटनालाई गोप्य राखिएकाले नम्बर खुल्न सकेको छैन । घाइते उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
####
.jpg)



0 comments
Write Down Your Comment