घाइतेको उद्धार गर्दै नेपाली सेना
####good

  • १९ जनाको ज्यान जाने गरी भएको विभत्स दुर्घटनापछि अर्घाखाँचीबासी स्तब्ध र शोकमग्न ! मृत्यु हुने एवम घाईतेहरुको पुरा विवरण


अर्घाखाँची :अर्घाखाँचीको नरपानीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ ल्याएर अस्पताल तर्फ लगिदै ।
बैशाख १७, सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा भएका सवारि दुर्घटनामा परि १९ जनाको ज्यान गएको छ । गोरुसीङ्ग- सन्धिखर्क सडक खण्डको नरपानि गाविस वार्ड नं. ५ जगत बहखरमा लु.१ ख ६२३१ नम्बरको बस र लु.१ ख ७८७५ नम्बरको मिनि ट्रक आपसमा ठोकिएर बस र ट्रक सडकबाट पल्टिदा ११ जनाको घटना स्थलमै र ७ जनाको उपचारको लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा ३६ जना यात्रु घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा:-

नेकपा माओवादीका राज्य समिति सदस्य तथा अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सदस्य धारापानी-१ निवासि २६ वर्षिय नरेन्द्र बञ्जाडे, अर्घाखाँची हस्पिटल प्रा.लि.का प्रमुख डा. बिष्णु आचार्य, उनका बुवा ७० वर्षिय जनार्दन आचार्य, आमा ६० वर्षिय मिनादेवि आचार्य, ज्योति बहुमुखि क्यापस ठाडका क्याम्पस प्रमुख ४५ वर्षिय गणेश बेल्वासे, उहाँकी श्रीमती ३६ वर्षिय अनिता बेल्वासे, ठाडा-१ का ४९ वर्षिय चन्द्रलाल श्रेष्ठ, नरपानि-९ का ५९ वर्षिय धनेश्वरि बगाले, ढाकावाङ्ग-१ की १९ वर्षिय बसन्ती खनाल के.सी., जुकेना-५ की तिलका बेल्वासे, वाङ्गला-२ घर भै हाल सन्धिखर्क-६ बस्दै आएकी ६९ वर्षिय शान्तादेवि आचार्य, रुपन्देही दुधराक्ष-७ का छमी श्रीष, रुपन्देही बुटवल-११ का ५५ वर्षिय कृष्ण प्रसाद श्रेष्ठ, प्युठान दधौरीका ६१ वर्षिय जनक खनाल, भारतको बिहारका ५१ वर्षिय अबुनालाह (लम्बु), विहारकै ४० वर्षिय नुर आलम, विहारकै ४१ वर्षिय यमाजुद्दिन रहनुभएको छ भने एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

यसैगरी दुर्घटनामा परी ३५ भन्दा बढी यात्रु घाईते भएका छन् । घाईतेमध्ये २३ जनालाई नेपाली सेना हेलीकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ भने ११ जनालाई अञ्चल अस्पताल बुटवल पठाईएको छ ।

काठमाण्डौ पठाईएका घाईतेहरुमा

ढाकावाङ्ग-९ का ५५ वर्षिय नेत्र प्रसाद खनाल, अर्घा-५ का ३४ वर्षिय ऋषिराम रानाभाट, धनचौर-१ का १९ वर्षिय सरोज रायमाझि, ठुलापोखरा-३ का सञ्जु पौडेल, ठुलापोरा-३ हरि पौडेल, जुकेना-५ का हुमकला पौडेल, किमडाँडा-३ का नर बहादुर के.सी., ढाकावाङ्ग-८ ज्ञानु मरासिनी, बाँगी-२ का बिष्णु भुसाल, उहाँकी श्रीमती लक्ष्मी भुसाल, छोरी सीता भुसाल, अड्गुरी-१ चम्पा दर्लामी, अर्घा-५ का प्रकाश ढकाल, बुटवलका बल बहादुर श्रेष्ठ, अर्घा-६ का नारायण मरासिनी, जुकेना-३ का माया न्यौपाने, ठाडा-४ का अनिसा बेल्वासे, दाङ्ग लामटियाका चोपलाल बेल्वासे, भनभने-१ गुल्मीका कमल पन्थी लगायत हुनुहुन्छ ।

बुटवल रिफर गरिएका घाईतेहरुमा

 बस चालक योगेन्द्र पराजुली, ईश्वर पौडेल, नर बहादुर के.सी., हुमा पौडेल, सपना महत्रा, अपेक्षा बेल्वासे, लक्ष्मी के.सी., राजिव आले लगायत रहनु भएको छ ।

स्याँलेमा जीप पल्टदा मृत्यु

यसैगरी दुर्घटनाका घाईतेहरुको उद्दारका लागि घटनास्थल जाँदै गरेको लु.१ज १३२९ नम्बरको जीप सन्धिखर्क-६ को स्याँलेमा सडकमा पल्टदा वाङ्गला-९ का २१ वर्षिय टाम बहादुर कुम्भकारको मृत्यु भएको छ भने हंसपुर-२ घर भई हाल चुत्रावेसि बस्दै आएका शीव परियार गम्भीर घाईते हुनु भएको छ । घाईते परियारलाई उपचारका लागि बुटवल पठाईएको छ ।

विभत्स दुर्घटनापछि सिंगो जिल्ला शोकमग्न

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ बजे छुटेको यात्रुबाहक बस र गोरुसीङ्गबाट सन्धिखर्क तर्फ ग्याँस सिलिण्डर लिएर आउँदै गरेको मिनि ट्रक नरपानि-५ जगताको बहखोर घुम्तीमा ठोकिएर सडकबाट करिव तीन सय मिटर तल खोलामा पुगेका थिए । बस पल्टिएको केही समयपछि ट्रक पल्टिएको र ट्रकमा ग्यास सिलिण्डरले मानिसलाई च्याँपेका कारण ठुलो क्षती भएको प्रहरीले जनाएको छ । बस र ट्रकले स्थानीय बासिन्दाको गोठ भत्काउँदा एउटा भैसी र बाख्रो च्यापिएका थिए । घटना घटे लगत्तै नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरेका थिए । घटना पछी अर्घाखाँची जिल्ला शोकमा डुबेको छ । हजारौ जिल्लाबासि शोकाकुल हुदै घटनास्थल र जिल्ला अस्पताल डाँको छोडी-छोडी रोएका थिए भने बुधबार साँझ सयौको घरमा चुलो समेत जलेन ।

सभासद, राजनीतिक दल, संघ- संस्थाहरुद्धारा दु:ख प्रकट

घटनाको विषयलाई लिएर अर्घाखाँची जिल्ला क्षेत्र नं.१ का सभासद टोप बहादुर रायमाझि र क्षेत्र नं. २ का डा. दुमन सिं थापा, नेपाली कांग्रेसका जिलला सभापति कमल प्रसाद भुसाल, एमाले अध्यक्ष चेतनारायण आचार्य, एमाओवादी अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वल, नेकपा माओवादी केन्द्रीय सदस्य भेषराज भुसाल, भोला बस्याल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी., जिल्ला अध्यक्ष झविलाल थापा, सचिव थम्मन के.सी., नेकपा मालेका केन्द्रीय सदस्य चन्द्रकान्त आचार्य, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायतले वक्तव्य निकाल्दै मृतक प्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यसैबीच घटनाको विषयलाई लिएर उद्योग वाणिज्य संघ अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा बजार बन्द गर्न बजारबासीलाई आग्रह गरेको छ ।

तस्बिरहरु:





####




,

0 comments

Write Down Your Comment