कप्तान पारसले भने- मलेसियामा खेल्नु घरेलु मैदान जस्तै
####good

  • नेपाल र यूएईबीचको खेल बिहीबार

१७ बैशाख, क्वालालम्पुर । नेपाली टोलीका कप्तान पारस खड्काले मलेसियामा खेल्नु घरेलु मैदान जस्तै भएको बताएका छन् । क्वालालम्पुरमा बिहीबारबाट सुरु हुने एसीसी प्रिमियर लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा कप्तान खड्काले भने-हाम्रो लागि मलेसिया घरेलु मैदान जस्तै हो ।’ एसीसीले पहिलो पटक राउण्ड रोविन लिगका आधारमा खेलाउन लागेको प्रिमियर लिगमा नेपालसँगै अफगानिस्तान, हङकङ, यूएई, मलेसिया र ओमान सहभागी छन् ।

नेपालले बिहीबार पहिलो खेलमा यूएईको सामना गर्नेछ । नेपाली समय अनुसार विहान पौनै आठ बजे सुरु हुने खेलको अनलाइनखबरले लाइभ अपटेड गर्नेछ । कप्तान पारसले आफूहरुको प्रयास पहिलो खेलबाट राम्रो गर्ने भएको बताए । ‘हामीले अहिले नयाँ खालको टिम लिएर आएका छौं । हामी सक्दो प्रयास गर्छौं’ उनले भनेका छन्-’ट्वान्टी ट्वान्टीमा राम्रो गरौं ।

अब हामीले नयाँ सोच लिएर अघि बढ्नुपर्छ ।’ प्रतियोगितामा सहभागी सबै टिम राम्रो तयारीका साथ आएको भन्दै उनले नेपालको प्रयास राम्रो क्रिकेट खेल्ने भएको बताए । टिममा केही नयाँ सदस्य रहेको भन्दै उनले त्यही अनुसार रणनीति बनाउने बताए । उनले भने-’ प्रदर्शनका कारणमा नयाा खेलाडीहरु टोलीमा

आएका छन् । हामी पोजेटिभ छौं अगाडि बढ्नका लागि ।’ नेपाली टोलीको आपनिङ सुवास खकुरेल र नरेश बुढायरलाई गराउने सम्भावना छ । यद्यपि कप्तान पारसले बिहीबार मैदान हरेर मात्र निर्णय लिइने बताए । पछिल्लो पटक एकदिवसीय विश्वकप छनोटमा नेपाल यूएईसँग १ सय २ रनले पराजित भएको थियो । जुन प्रतियोगितामा सबै खेल गुमाएको नेपालको प्रदर्शन बिर्सनलायक थियो । यसअघि सन् २०१२ मा भएको एसीसी ट्रफीको समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो । तर, फाइनल बराबरी खेल्दै उपाधि बाँडेको थियो । 

####




,

0 comments

Write Down Your Comment